- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsप्रहरीलाई तनाव व्यवस्थापन अभिमुखीकरण

प्रहरीलाई तनाव व्यवस्थापन अभिमुखीकरण

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २१ असार । कोरोना भाइरसको महामारीको समयमा अघिल्लो पंक्तिमा रहेर काम गर्ने प्रहरीहरूलाई तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको छ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा घोराहीमा प्रहरीहरूलाई तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत ३० जना प्रहरीहरूलाई शनिबार तनाव व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रममा सहभागी प्रहरीहरूले महामारीको समयमा आफूहरूलाई सुरक्षा सामग्री नहुनु र २४सैँ घण्टा जोखिममा रहेर डिउटी गर्नुपर्ने भएकाले तनाव हुने गरेको बताएका थिए ।
कोरोनाको महामारीबाट बच्नका लागि सर्वसाधारणहरूलाई अनुरोध गर्दा पनि अटेरी गर्ने गरेको एवं डिउटीका क्रममा धेरै व्यक्तिहरूसँग सम्पर्कमा रहनुपर्ने भएकाले संक्रमण हुन्छ कि भन्ने त्रास पनि सधै भईरहेको उनीहरूको भनाई थियो ।
‘हामीलाई जोखिम एकदम छ नि, सडकमा डिउटी गर्नैप¥यो’ एक प्रहरीले भने ‘डिउटी गर्दा सामाजिक दूरी कायम गर्नुस् है, मास्क लगाएर मात्र हिड्नुस् भनेर भन्यो अझै अटेरी गर्छन् । भनेको समान्दा दिक्क लाग्छ । हामीले हाम्रो लागि भनेको भए झन् के टेर्दो हुन् र ?’
कार्यक्रममा सहभागी प्रहरीहरूले प्रहरीले लकडाउनको समयमा भोग्नुपरेको समस्याहरू राखेका थिए । ‘संक्रमितलाई आइसोलेसनमा पु¥याउनुप¥यो प्रहरी पुग्नै पर्ने, क्वारेन्टाइनमा बबाल नभएको त दिनै हुँदैन थियो अहिले अलि कम छ । त्यहाँ पनि प्रहरी पुग्नै प¥यो’
एक प्रहरी अफिसरले भने ‘अझ क्वारेन्टाइनमा बसेकाहरू आएर सडकमा आन्दोलन गर्छन् । उनीहरूलाई रोक्नै प¥यो, अनि हामीमाथि जोखिम बढिहाल्यो नि ?’
कार्यक्रममा तनावलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा मनोविमर्शकर्ताहरू लक्ष्मी ढकाल र दीपा धितालले जानकारी गराएका थिए । जुनसुकै कुराले पनि मानिसहरूलाई तनाव हुने भएकाले तनाव भएपछि मानसिक रूपमा पर्ने असरहरू, त्यसका लक्षण, समाधानका उपायहरू लगायतका विषयमा उनीहरूले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक दिनेश रिमालले सुरक्षाकर्मीहरूलाई यो महामारीको समयमा उच्च जोखिम रहेको हुँदा प्रहरीहरू तनावमा हुने गरेको बताए । महामारीको समयमा सामान्य दिनहरूभन्दा धेरै डिउटीमा खटिनु,
डिउटीको समयमा संक्रमणको जोखिम बढ्नुजस्ता कारणले प्रहरीहरू तनावमा हुने गरेको उनको भनाई थियो । ‘आइसोलेशन, क्वारेन्टाइनदेखि सडकका हरेक समुदायसम्म प्रहरीले डिउटी गर्नुपर्छ अनि त्यसैपनि जोखिम बढिहाल्छ ।’ रिमालले भने ‘प्रहरी जोखिममा हुने भएकाले तनाब बढ्नु स्वभाविक हो ।’
उनले महामारीको समयमा घरपरिवारसँग बस्न पाए हुन्थ्यो भन्ने भएपनि यो समयमा बिदा पनि नमिल्ने र परिवारलाई यतै बोलाउँदा पनि परिवारका सदस्यहरूमा झन् जोखिम हुने भएकाले प्रहरीहरूमा तनाब बढी छ ।
‘मानिस अप्ठेरो समयमा घर परिवारसँग छोरा–छोरीहरूसँग बस्न चाहन्छ तर प्रहरीका लागि त्यो सम्भव छैन, महामारीको समयमा झनै बढी समयमा डिउटीमा खटिनुपर्छ’ उनले भने ‘त्यसैले पनि प्रहरीहरूमा तनाव बढाउँछ ।’
उनले मनोविमर्शले मानिसलाई मन नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले शारीरिक व्यायामजस्तै मनको व्यायाम पनि आवश्यक भएको बताए ।
शारीरिक स्वास्थ्यमा हामीले ध्यान दिएपनि मनको स्वस्थतामा ध्यान दिन नसक्दा मानिसमा समस्या आउनसक्ने सम्भावना बढी हुने गरेको उनको भनाई छ । साथै उनले प्रहरीका लागि यस्तो मानसिक तनाब व्यवस्थापन गर्ने सम्बन्धी अभिमुखीकरणहरू आवश्यक भएको बताए ।
महामारीको समयमा अघिल्लो पंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मीहरू महामारीको जोखिममा रहने भएकाले पनि तनाब बढी हुने भएकाले उनीहरूलाई तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरणको आयोजना गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिइन् ।
केन्द्रले नागरिक आवाजसँगको सहकार्यमा सञ्चालन गरेको ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रमअन्तर्गत मनोविमर्शको कार्यहरू पनि हुने भएकाले सुरक्षाकर्मीहरूका लागि यो कार्यक्रम गरिएको उनको भनाई थियो ।
‘यो महामारीको समयमा सबैभन्दा उच्च जोखिममा रहने भनेको सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरू रहेकाले सुरक्षाकर्मीहरूका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेका हौँ’ कार्यक्रममा बोल्दै उनले भनिन्
‘यो अभिमुखीकरणले तनाव व्यवस्थापनको विषयमा आधारभूत कुराहरू सिकाउँछ । त्यसैको आधारमा तपाईहरूलाई तनाव व्यवस्थापन गर्न सहज होस् भन्ने अपेक्षा गरेका छौँ ।’
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिनेश रिमालको अध्यक्षता एवं वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक दिनेश रिमालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमेटेडका वरिष्ठ प्रबन्धक लोकमणि रेग्मीको स्वागतमन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण आरके शीतलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here