- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबररगतका प्लेट छुट्याउन कम्पोनेट मेसिन

रगतका प्लेट छुट्याउन कम्पोनेट मेसिन

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २१ असार । रक्त सञ्चार केन्द्र घोराहीमा कम्पोनेट मेसिन जडान हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङ मार्फत् सञ्चालन भइरहेको रक्त सञ्चार केन्द्रमा कम्पोनेट मेसिन जडान हुने भएको हो ।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आर्थिक सहयोगमा कम्पोनेट मेसिन जडान हुने भएको छ । प्रदेश सरकारको २५ लाख र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको ३ लाख ५२ हजार ३ सय रूपैयाँ गरी २८ लाख ५२ हजार ३ सयमा उक्त मेसिन खरिद गरिएको हो ।
रक्तकोष निर्माण मेसिन नहुँदा यसअघि दाङका बिरामीलाई बाँके, रूपन्देहीसम्म लग्नुपर्ने बाध्यता रहेको थियो । उक्त मेसिनले रातो, सेतो प्लेटनेश छुट्याउने काम गर्दछ ।
बिरामीलाई कुन कोष आवश्यकता परेको छ, उक्त कोष निर्माणका लागि रक्तसञ्चार केन्द्रमा मेसिन जडान गर्न थालिएको छ । मेसिन ल्याए पनि विद्युत र कोठाको समाधान भएपछि जडान हुने रक्तसञ्चार केन्द्रका इञ्चार्ज दिलिप न्यौपानेले जानकारी दिए ।

रगत ब्यवस्थापनमा गम्भीर हुन आग्रह

यसैबीच दाङका सरोकारवालाले बिरामीका लागि रगत सहज बनाउन स्थानीय सरकारलाई गम्भीर हुन आग्रह गरेका छन् । रक्तसञ्चार केन्द्र दाङले आयोजना गरेको कार्यक्रमका सहभागी वक्ताले यस्तो विषयमा गम्भिर हुन स्थानीय सरकारलाई आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी दाङ शाखाका सभापति नारायण आचार्यले सबैको सहयोगले रक्तसञ्चार केन्द्र दुई स्थानमा सञ्चालन गरिएको भन्दै देउखुरी क्षेत्रलाई ध्यानमा राख्दै लमहीमा पनि केही समयपछि रक्तसञ्चार केन्द्रको पहल गरिरहेको बताए ।
घोराही र तुलसीपुरमा जिल्लाबासीको सहयोग राम्रो रहेको भन्दै सभापति आचार्यले देउखुरी क्षेत्रमा पनि सहयोग पाउने बताएका थिए ।
यस्तै कार्यक्रममा घोराही १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले रेडक्रसले नेपालमा महत्वपूर्ण काम गरेको भन्दै स्थानीय सरकारको तर्फबाट हुने सहयोग गर्न तयार रहेको बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले सञ्चार क्षेत्रबाट हुने सहयोग गर्न आफू तयार रहेको बताए । सञ्चार क्षेत्रको सहयोगले रक्तसञ्चारमा रगत संकलनमा सहयोग गरेको बताए ।
कार्यक्रममा शम्भु गौतम, नरेन्द्र पुन, रक्तसञ्चार केन्द्रका इञ्चार्ज दिलिप न्यौपानेले बालेका थिए । कार्यक्रमको सहजीकरण विपद् कार्यसञ्चालन केन्द्रका सूचना अधिकारी विश्वप्रकाश अर्यालले गरेका थिए ।

रक्तसञ्चार केन्द्र सञ्चालन

लमहीमा रक्तसञ्चार केन्द्र सञ्चालन गर्ने निर्णय भएको छ । देउखुरी क्षेत्रका स्थानीय पालिकाको सहयोगमा रक्तसञ्चार सेवा सुरू गर्ने निर्णय गरिएको हो ।
देउखुरी क्षेत्रका लमही, गढवा, राप्ती र राजपुर गाउँपालिकाले तीन/तीन लाख आर्थिक सहयोग गरेर रक्तसञ्चार केन्द्र सञ्चालन गर्ने निर्णय भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका अध्यक्ष नारायण आचार्यको अध्यक्षता तथा प्रदेशसभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा छलफल भएको हो ।
लमही क्षेत्रमा पनि विभिन्न प्रकारका बिरामीहरूको चाप बढिरहेको भन्दै रक्तसञ्चार केन्द्र स्थापना भएमा थप सहयोग पुग्ने जनाइएको छ । रक्तसञ्चार केन्द्र नहुँदा बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता रहेको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय पालिकाका प्रमुख, सरोकारवाला निकाय, स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका उपसभापति मदन गौतमको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक प्रकाश श्रीवन्तले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here