- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरस्वयम्सेविकालाई पिपिई

स्वयम्सेविकालाई पिपिई

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २१ असार । दाङका महिला स्वयम्सेविकालाई ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) वितरण गरिएको छ । सुआहारा कार्यक्रम मार्फत् महिला स्वास्थ्य स्वंयसेविकालाई पिपिई वितरण गरिएको हो ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले असार २२ र २३ गते सञ्चालन गर्न लागेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०७७ लाई सहयोग गर्नका लागि जिल्लाका ३ सय ९० जना महिला स्वयम्सेविकालाई पिपिई वितरण गरिएको हो । त्यस्तै मास्क र स्यानिटाइजर पनि वितरण गरिएको छ ।
जिल्लाका सबै पालिकामा रहेका महिला स्वास्थ्य स्वयम्सेविकालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा सफल पार्ने क्रममा कोरोनाको संक्रमण हुनसक्ने भन्दै स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
बैशाखमा सञ्चालन हुने खोप कार्यक्रम कोरोना संक्रमण र लकडाउनका कारण स्थगित भएको थियो । अभियानलाई मध्यनजर गरेर स्वास्थ्य सामग्री वितरण गरेको सुआहाराका फिल्ड संयोजक सञ्जय चौधरीले जानकारी दिए ।
बालबालिकामा अन्य रोगको संक्रमण हुन सक्ने भन्दै सुआहाराले हातधुने स्थानको व्यवस्थापन, भिटामिन ए, तथा जुकाको औषधी खुवाउन आउनेले अनिवार्य मास्क प्रयोग गर्ने, फोहोर व्यवस्थापन, कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्ने, भिटामिन ए क्याप्सुलको टुप्पो काट्ने कैचीलाई सफा गर्नेजस्ता कुरामा परामर्श गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here