- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरचार हजार संक्रमित

चार हजार संक्रमित

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २१ असार । प्रदेश नम्बर ५ का कोरोना संक्रमितको संख्या ४ हजार नजिक पुगेको छ । शनिबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश ५ मा कुल संक्रमितको संख्या ३ हजार ९ सय ४२ पुगेको हो । देशका विभिन्न प्रयोगशालामा गरिएको स्वाव परिक्षणमा प्रदेश ५ का पाल्पामा १९, प्यूठानमा ८, गुल्मीमा ९, बाँकेमा ५, रुपन्देहीमा ४ र रोल्पामा २ जनामा शनिबार संक्रमण देखिएको हो ।
प्रदेश ५ मा कोरोनाबाट अहिलेसम्म सबैभन्दा बढी कपिलवस्तु प्रभावित भएको छ भने सबैभन्दा कम रुकुमपूर्व प्रभावित भएको छ । प्रदेश ५ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश ५ मा ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला दाङसहित तीन जिल्ला परेका छन् ।
अहिलेसम्म दाङ, पाल्पा र कपिलवस्तुमा ५ सयभन्दा बढी संक्रमित फेला परेका छन् । शनिबारको तथ्यांकअनुसार कपिलवस्तुमा ७ सय ४४, दाङमा ५ सय ९५ र पाल्पामा ५ सय ३९ जना रहेका छन् ।
त्यसैगरी बाँकेमा ३ सय ७२, अर्घाखाँचीमा ३ सय १९, रुपन्देहीमा ३ सय १३, प्यूठानमा ३ सय १४, बर्दियामा १ सय ८८, पश्चिम नवलपरासीमा ९८, रोल्पामा ५० र रुकुमपूर्वमा ४ जनामा संक्रमण देखिएको छ ।

४७ प्रतिशत निको

प्रदेश नम्बर ५ मा कोरोना संक्रमित ४ हजार नजिक पुग्नै लाग्दा उपचारपछि निको हुने क्रम पनि बढेको छ । शुक्रबारसम्मको तथ्यांक अनुसार प्रदेश ५ मा करिब ४७ दशमलव १९ प्रतिशतले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।
प्रदेश नम्बर ५ मा अहिलेसम्म १ हजार ८ सय ७ जनाले कोरोनालाई जितेका छन् । कपिलवस्तुमा हालसम्म ५सय ४५ जनाले कोरोना जितेका छन् । दाङमा २८०, पाल्पामा १७, बाँकेमा ३४०, गुल्मीमा ८८, अर्घाखाँचीमा ९७, रुपन्देहीमा २३६, प्युठानमा ५३ जना डिस्चार्ज भएको तथ्यांक अधिकृत मानबहादुर वलीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here