- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयबढ्दो स्वमरण

बढ्दो स्वमरण

- Advertisement -spot_img

सम्पादकीय
मानिसले आफ्नो जीवन स्वइच्छाले मरण गर्ने अवस्थाले अहिले विकराल रूप लिइरहेको छ । कोरोना महामारीको यो तीन महिनाको बन्दाबन्दीको समयमा त झनै यस्ता घटना बढेका छन् । यो अवधिमा मात्रै प्रदेश ५ का १२ जिल्लामा मात्रै सवा तीन सयजनाले स्वमरण गरिसकेको तथ्यांक सार्वजनिक भएको छ ।
स्वमरणलाई कानुनी रूपमा अपराधसमेत मानिन्छ । जसलाई आत्महत्या भन्दै आएका छौं । जिल्लामा यो अवस्था बर्सेनी बढिरहेको छ । त्यसका विभिन्न कारणहरू रहेका होलान् । तर पछिल्लो समय, पारिवारिक र सामाजिक समस्या, रिस, आवेग र डिप्रेसनलगायतका कारण आत्महत्याको प्रमुख कारण बन्न थालेका छन् ।
लकडाउनमा प्रदेशको तथ्यांक हेर्दा आत्महत्याको डरलाग्दो तथ्यांक सार्वजनिक हुँदै आएको छ । प्रहरीमा रहेको तथ्यांकले आत्महत्याको अवस्था भयावह र डरलाग्दो रूप देखाइदिएको छ ।
हरीकै तथ्यांकले देखाएको डरलाग्दो यो तथ्यांकले सबैलाई चिन्तित बनाउनु स्वभाविक छ । यसलाई न्यूनीकरणको चरणमा लैजान राज्यले र राज्यका निकायहरू अग्रसर हुनुपर्छ भने व्यक्ति, समुदापय पनि न्यूनीकरणमा जुट्न आवश्यक देखिन्छ ।
प्रदेशमा सार्वजनिक भएको तथ्यांकमा आत्महत्या गर्नेहरूमा युवा पंक्ति बढी छ । यसमा बालबालिकादेखि वृद्धवृद्धासम्म रहेका छन् । आत्महत्या गर्नेमा पुरूषभन्दा महिला बढी देखिएका छन् । त्यसमा बालबालिकाहरूको संख्या पनि कम देखिदैन ।
आधुनिक जीवनशैली अपनाउने महत्वकांक्षा, पारिवारिक विखण्डन र आर्थिक अभावका कारण आत्महत्या दिनानुदिन बढिरहेको छ । शहरिया बसाईले मानिसमा ठूला–ठूला महत्वकांक्षा ल्याउने र महत्वकांक्षा पूरा हुन नसकेपछि आत्महत्या गर्ने गरेको समेत देखिनुले यसको न्यूनीकरण आवश्यक नै देखिन्छ । सामान्य कारणले कसैले पनि मुत्युवरण गर्न अवस्था आउन दिनु हुँदैन ।
आधुनिकता पछ्याउन गरिबीले रोक्ने गरेको र आर्थिक अवस्था कमजोर हुनुले महत्वकांक्षा पूरा नहुँदा अन्तिम विकल्पको रूपमा आत्महत्या रोज्नेहरू पनि धेरै देखिएका छन् । संख्या बढिरहनुले देशमा अब सबैको आयस्तर बढाउन सकेमा यसको न्यूनीकरण गर्न सकिने अवस्था देखिन्छ । न त जिल्लामा भएको सबै जनसंख्या आत्महत्याकै कारण विचलनमा नपर्ला भन्न सकिदैन ।
लकडाउन भएदेखि हालसम्म प्रदेश नं ५ मा मात्रै ३ सय २० जनाले आत्महत्या गरिसकेका छन् । यसमा सबैभन्दा बढी दाङमा रहेका छन् । लकडाउनको समयमा आत्महत्याका घटनाहरू बढ्दै जानुको मुख्य कारण व्यक्तिको उमेर, बेरोजगार, मानसिक तनाव, आर्थिक समस्या र व्यक्तिको संवेग रहेको मनोचिकित्सहरूले तर्क रहने गरेको छ ।
यो अवस्थालाई अब नियन्त्रण गर्नुपर्छ । न्यूनीकरणको अभियानमा लाग्नुपर्छ । बढ्दै गरेको आत्महत्यालाई कम गर्न र यो अवस्थालाई न्यूनीकरण गर्न सबै सरोकारवालाहरूको ध्यान पुग्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here