- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsपरदेशीको कथा

परदेशीको कथा

- Advertisement -spot_img

रातो टिका निधारमा
बिदाईको रातो खाँदा गलामा
अनगिन्ती आशिष र भरोसा लिई
रङ्गीन संसारको कालो कोठामा
रुमलिन्छ जिन्दगी
हुन त बेदका अक्षर पनि काला
सबैलाई प्यारो लाग्ने तारा पनि
कालै रातमा जग्मगाउँछन्
भगवान भनि पुज्ने पत्थर पनि
आखिर कालै त हुन्छ नै
त्यहि कालो भुमरीमा
रङ्गीन सपना सजाउँदै
पैसामा बैश र पसिना बेच्दाबेच्दै
सपनालाई तिलांजली दिई
सकिन्छ एउटा परदेशिको कथा
एकादेशको कथा जस्तै
अमिट ब्यथा बनेर
अनि सेतो जहाजमा
सेतो बाकस भित्र
सपना पनि बेरङ्ग सरी
सेतै भएर आउँछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here