- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरउस्तै अँधेरी रह्यो..

उस्तै अँधेरी रह्यो..

- Advertisement -spot_img

यस्तो सुन्दर शान्त बुद्ध वनमा बस्ती बसेको थियो
साँच्चै स्वर्ग समान विश्वभरमा चर्चा चलेको थियो ।
चर्चा मै त चिरा प¥यो चरचरी च्यातेर चङ्गा भयो
च्यात्नेकै दिन फेरिए तर यहाँ उस्तै अँधेरी रह्यो ।।
आँखाभित्र अटाउने अब उही उष्णाश्रु बाँकी रहे
आगो बल्न सकेन शून्य छ कुटी उल्लास उड्दै गए ।
धर्तीमा धृतराष्ट्र नायक भए धन्दा उही कम्प भो
दौतेरी पनि भक्त रावण भए उस्तै अँधेरी रह्यो ।।
विश्वामित्र बनेर विश्वभरमा बन्धुत्व बाँडे पनि
आफ्नै विश्व बनाउने सकुनिका पासा भएछन् मुनि ।
धर्तीमा न त बुद्धको वन रह्यो बोधी हराए यहाँ
मैत्रेयी भृकुटी न सारथ रहे योगी हराए यहाँ ।।
रेनेसा युग आउने दिन कुरी बाँच्दैछ बस्ती अझै
आशाका अविराम आर्तन कुटी साँच्दैछ बस्ती अझै ।
उड्ने शान्ति उडाउँदै उडिरहे उन्मेषको आश यो
आशामै असिना निरन्तर झरे उस्तै अँधेरी रह्यो ।।
विजौरी, दाङ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here