- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरदीर्घ जीवन हाम्रै हातमा

दीर्घ जीवन हाम्रै हातमा

- Advertisement -spot_img

ब्रह्माण्डमा लाखौं प्रजातीका जीवजन्तु, बोटवृक्ष रहेका छन् । जीव तथा बोटवृक्षको प्रजाती अनुसारको आयु निर्धारित रहेको हुन्छ । मानव सभ्यताको ढुङ्गे युगदेखि हालको विज्ञान र प्रविधिको युगमा आईपुग्दा मानिसको आयु पनि विभिन्न कालखण्डमा फरक–फरक देखिन्छ ।
यस्तो देखिनुको कारण अनुसन्धानकर्ताहरूले उसले व्यतीत गरेको जीवनशैली मुख्य कारण बताएका छन् । यस युगमा मनुष्यको आयु १०० वर्ष निर्धारण गरिएको मान्यता खोज अनुसन्धानका आधारमा विज्ञानसमेत सहमत रहेको छ । ऋषिमुनिहरूले मनुष्यको १०० वर्ष आयुलाई विभिन्न चार खण्डमा वर्गीकरण गरेका छन् ।
हाम्रो भौतिक र मानसिक अवस्थाले प्रमाणीकरण गर्दछ । १) जन्मेदेखि २५ वर्षसम्मको अवधिलाई भौतिक तथा मानसिक रूपमा उर्जा सञ्चित, २) शिक्षादीक्षा हासिल गर्दै ब्रह्मचर्यको पालना गर्नु ।
२५ देखि पचास वर्षसम्मको गृहस्थ जीवनको आयु सञ्चित यौवन प्राप्त शिक्षा र ज्ञानको सदुपयोग गर्दै परिवार व्यवस्थापन र वंश संरक्षणका लागि उपयुक्त उमेर समय मानिएको छ ।
गृहस्थ जीवनको २५ वर्षको अवधिमा सन्तानलाई शिक्षादीक्षा मातापिताको सेवा पुस्ता हस्तान्तरण गरी पारिवारिक जिम्मेवारीबाट अवकाश लिई सामाजिक उत्तरदायित्वमा लाग्नु ।
५० वर्षदेखि ७५ वर्षसम्मको २५ वर्षलाई छुट्याएको आयु गुरू ,मातृभूमि, पितृऋण चुकाउन सामाजिक सेवामा वानप्रस्थीको रूपमा सेवा गर्न निर्धारण गरिएको हो भने ७५ देखि १०० वर्षको आयुलाई न्यूनतम ७५ वटा पुस्तक अध्ययन,
ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थी जीवनचर्या मार्ग दर्शकको रूपमा २५ वर्षको आयु सन्यासी अवधिको अनुभव बाँड्दै जीवन जिउँदा कलंकरहित सफल सार्थक मनुष्य जीवनका लागि ऋषिमुनीहरूले आयु वर्गीकरण गरेको पाइन्छ ।
भगवानबाट प्राप्त महत्वपूर्ण उपहारस्वरूप मनुष्य जीवन अस्तव्यस्त जिउने र १०० वर्षको दीर्घायुलाई निराशा, तनाव, अभाव, भोग, शोक र रोग निम्त्याउँदै ५० वर्षमा झार्ने स्वयम् हाम्रो अप्राकृतिक जीवनशैलीको कारण हो । दीर्घायु कसरी हुन्छ ?
र सक्रिय जीवन कसरी जिउने ? भन्ने प्रश्न हाम्रो मन मस्तिष्कमा आएमा मात्र जीवन जिउने योजना निर्माण हुन्छ । कुनै सामान्य कार्य सुसम्पन्न गर्न वा गराउन योजनाअनुसार गरिन्छ भने अमूल्य मनुष्य जीवन अस्तव्यस्तमा जिउने मस्त स्वास्थ भौतिक मानसिक अवस्था खोजेर प्राप्त गर्न असम्भव हुन्छ ।
मनुष्य जीवन एउटा खेत हो । विचार रोपिने बिज हो ।
विचारबाट व्यक्तित्व, व्यवहार, स्वभाव र आचरण प्रदर्शन हुन्छ । उच्च विचार र सकारात्मक भाव हामीमा जबसम्म देखिदैन तबसम्म हामी नकारात्मक विचार र भावबाट ग्रसित निम्न कोटीको जीवन र अल्पायुमै भगवानबाट प्राप्त अमूल्य उपहार समाप्त पार्नेछौं ।
भगवानले सम्पूर्ण प्राणीका लागि समान समयको निर्धारण गरिदिनु भएको छ । हरेक ब्रह्ममूहुर्तमा नयाँ जीवन र हरेक रात्री शयनको समयलाई मृत्युको रूपमा चिन्तन मनन् गरी २४ घण्टालाई योजनाबद्ध तरिकाले समय खर्चिऔं ।
दैनिक दुई घण्टा सौच, स्नान शारीरिक र घरआँगन सरसफाइ, दुई घण्टा स्वस्थ शरीर र मस्तिष्कका लागि योग, ध्यान, मन्त्र जप, प्रणायम, परिवार व्यवस्थापनमा आठ घण्टा, आठ घण्टा रात्री शयन, दुई घण्टा अध्ययन तथा दुई घण्टा सामाजिक उत्तरदायित्वको बहन गरौं ।
जसरी हामी आ–आफ्ना निश्चित मूल्यका सवारी साधनमा खराब इन्धन तथा पूर्जा प्रयोग नहोस् भन्ने सतर्कता अपनाउने गर्दछौं त्यसैअनुरूप हरपल अपाच्य अप्राकृतिक भक्ष अभक्ष भोजनसँग बच्न सतर्कता अपनाउन जरूरी हुन्छ ।
मनुष्यले परिस्थितिको सिर्जना, नियन्त्रण तथा उचित व्यवस्थापन गर्न आफैं सक्दछ । यदि उसमा ईच्छाशक्ति अनुसार कार्य गर्दै जाँदा सफलता उत्साहका कारण बुढ्यौलीको महसुस गर्नु पर्दैन । नकारात्मक भाव तथा अप्राकृतिक जीवन आहारबिहार त्याग गर्न जरूरी छ ।
२०–२५ वर्षको क्रियाशील ब्रह्मचर्य पालन गर्ने उमेरमा प्राण शक्ति गुमाएका ३० देखि ४० प्रतिशत युवा हाम्रो समाजमा रहेका छन् । जो उर्जाशील बहादुर छ त्यो मृत्युको दिनमा एकपटक मर्छ भने जसको कार्य प्राणबिहीन छ त्यो मृत्युभन्दा अगाडि नै पटक–पटक मरिसकेको हुन्छ ।
७५ प्रतिशत मानिसहरू नेपालीको औषत आयु भनिने ६०–७० वर्षलाई मृत्युको दिन भनी नकारात्मक भावका कारण काल पर्खी बसेका हुन्छन् । त्यसैले सकारात्मक प्राकृतिक जीवन अपनाऔं, दीर्घजीवन जिऔं । दीर्घायु हाम्रै हातमा छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here