- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरयुवाहरुलाई ठेकी बनाउन सिकाइदै

युवाहरुलाई ठेकी बनाउन सिकाइदै

- Advertisement -spot_img

रुकुम, २० असार । रुम पश्चिमका मुसिकोट नगरपालिकाका युवा युवतीहरुलाई परम्परागत व्यवसाय काठको ठेकी बनाउन सिकाइन थालेको छ । दुई महिलाहरुलाई यो विषयमा तालिम दिएर व्यवसायीकरणमा सहयोग पु¥याउने उद्देश्यले तालिम लिन थालिएको मुसिकोट नगरपालिकाले जनाएको छ ।
गाउँमा पाइने गिठा प्रजातिको रुखबाट उक्त ठेकाठेकी निर्माण गरिन्छ र नगरपालिका वडा नम्बर १ देखि १० नम्बर वडाबाट १ १ जना गरी १० जनालाई नगरपालिका २ रातामाटाका ६९ बर्षिय चन्द्रबहादुर चनाराले प्रशिक्षण दिई रहेका छन ।
भैसी र गाईको दूधबाट दही, महि, घ्यू बनाउन प्रयोग हुने ठेकी बनाउने सिप रुकुम पश्चिममा पछिल्लो समय लोप हुन पुगेको थियो । त्यहिको संरक्षण गर्नको लागि मुसिकोट नगरपालिकाले तालिमको आयोजना गरेको नगर उपप्रमुख प्रेम कुमारी सुनुवारले बताईन् ।

नगरपालिकाले युवाहरुलाई स्थानीय विधिबाट ठेकी बनाउन सिकाइरहेको ५ । काठबाट निर्माण गरिएका ठेकीहरु गाउँघरमा प्रयोग गरिरहेका तर बजारमा नपुगेको बताए ।


विशेषगरी रुकुम पश्चिममा दलित परिवारले बनाउने ठेकाठेकी पछिल्लो समय प्रयोगमा कमी आएका छन् । यसैलाई हेरफेर गरेर जिल्लाको मुसिकोट नगरपालिकाले वनजंगलमा पाइने गिठाको ठेकी बनाउने कामलाई सुरुवात गर्न लागेको हो र नगरपालिकाले नगरका १० वटा वडामा युवायुवतीलाई ठेकी बनाउने सिप सिकाइरहेको मानबहादुर बादीले बताए । नगरपालिकाको दलितको बजेटबाट ठेकी बनाउने तालिम सुरुवात गरेको हो ।
सिप भएका ब्यक्तिबाट सिप सिकाइरहेको उनको भनाई छ । ठेकी बनाउने सिप लोप हुने अवस्थामा पुगेपछि युवाहरुलाई ठेकी बनाउने सिप सिकाइ ठेकी उत्पादन उद्योग सञ्चालन गर्नेसम्मको योजना रहेको उपप्रमुख सुनुवारले बताइन् ।
अहिले काठका ठेकाठेकी लोप हुने अवस्थामा रहेका छन । युवाहरुको यसमा आकर्षण नै भएको छैन । जानेको पुस्ताहरुले सिप युवाहरुलाई हस्तान्तरण गर्ने सिर्जना नै भएको छैन । हाम्रो योजना युवाहरुलाई सिप सिकाउने र रुकुम पश्चिममा उद्योग सञ्चालन गर्ने योजना रहेको सिप सिकिरहेका युवाहरुको भनाइ छ ।
जिल्लामा रहेका अधिकांश डेरीहरु काठको ठेकीको प्रयोगलाई बढाई जिल्लामा ठेकीको खपतलाई बढाउने गरी नगरपालिकाले सिप सिकाइरहेको छ । यसका लागि नगरपालिकाले ३ लाख खर्च गर्न लागेको बताएको छ । जिल्लामा परम्परागत रुपमा हाते सामग्रीबाटै ठेकी बनाइन्छ ।
अहिले उक्त नगरपालिकाले युवाहरुलाई स्थानीय विधिबाट ठेकी बनाउन सिकाइरहेको छ । काठबाट निर्माण गरिएका ठेकीहरु गाउँघरमा प्रयोग गरिरहेका तर बजारमा नपुगेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here