- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरतुलसीपुर बजार ५ बजेसम्म खुल्ने

तुलसीपुर बजार ५ बजेसम्म खुल्ने

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २० असार । कोभिड–१९ को संक्रमणलाई लक्षित गरेर बिहान १२ बजेसम्म खुल्दै आएको तुलसीपुर बजार अब साँझ ५ बजेसम्म खुल्ने भएको छ । तुलसीपुरमा क्रियाशील व्यवसयाीहरूले पटक–पटक यहि विषयमा स्थानीय सरकारसँग माग गरेपछि स्थानीय सरकारले ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा तुलसीपुर उपमहानगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘सामाजिक दूरी र अन्य सुरक्षा व्यवस्था अपनाएर साँझ ५ बजेसम्म बजार खुला गर्ने निर्णय भएको छ’
विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले भने, ‘कोरोना संक्रमणको अवस्था हेरेर पछि पनि समय हेरफेर गरिनेछ । असार मसान्तको समयमा १२ बजेसम्म मात्रै पसल खोल्दा व्यवसायीहरू मारमा परेको भन्दै विभिन्न व्यवसायीक संगठनहरूले अनुरोध गर्दै आएका थिए ।
५ बजेसम्म पसल खोल्न निर्णय गरेपनि भिडभाड हुने होटल, जिम क्लव, नाइलगायतका पसल भने खुल्ने छैनन् । सार्वजनिक यातायात र शिक्षण संस्था पूर्णरूपमा बन्द छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here