- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsजब अर्जुनखोलामा बाढी आयो ...

जब अर्जुनखोलामा बाढी आयो …

- Advertisement -spot_img

प्रकाश डाँगी
लमही, १९ असार । बिहीबार एक्कासी राप्ती नदीमा आएको बाढीको कारण लमही नगरपालिका वडा नं. ५ नयाँबस्ती पुरै डुबानमा रहेको सूचना जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रमा आयो ।
सूचना प्राप्त हुनासाथ जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित जिल्लामा रहेका नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाईटीको खोज उद्धार तथा प्राथमिक उपचारको टोली केही समयमा नै पुग्यो ।
नेपाली सेना, सशस्त्र प्रहरी टोली र नेपाल रेडक्रस सोसाईटीको खोज उद्धार टोली उक्त क्षेत्रमा पुगेर बाढीबाट प्रभावित तथा राप्तीमा आएको बाढीको कारण डुबानमा परेका १० जनाभन्दा बढीको उद्धार ग¥यो । कैयांै स्थानीयलाई सुरक्षित स्थानसम्म पु¥यायो ।
कतिलाई प्राथमिक उपचार गर्ने कार्य गर्न सफल भयो । बर्सेनी बाढीले सताउने समुदायमा यो वर्ष पनि बाढीले आक्रान्त पारेको हो । नदीतटीय क्षेत्रमा भएको यो घटना भने बास्तविक हैन । आगामी दिनमा बाढीबाट कसरी सुरक्षित हुन सकिन्छ, कसरी उद्धार गर्न सकिन्छ ? भनेर गरिएको कृत्रिम घटना अभ्यास मात्र हो, जो सन्देशमूलक थियो ।
मौसमा परिर्वतन आएसँगै जिल्लाका राप्ती जलाधर क्षेत्र र बबई जलाधार क्षेत्रमा वर्षापछि आउने बाढी र त्यसले निम्ताउने क्षति कम गर्न जिल्लामा रहेका सुरक्षा निकायसँगै रेडक्रसलगायत सरोकारवाला निकायको उपलब्ध स्रोत साधनको अवस्था के कस्तो रहेको छ ?
सँगै विपद्को समयमा खोज उद्धार तथा उपलब्ध स्रोत साधनको जानकारीको विषयमा कृत्रिम घटना अध्यास बिहीबार लमहीको अर्जुनखोलामा गरिएको छ ।
जिल्लामा वर्षेनी वर्षायाममा राप्ती, बबई र जिल्लाका विभिन्न खहरे खोलामा आउने बाढीकोे कारण मानवीय क्षतिसँगै भौतिक क्षति कम गर्न जिल्लाको तयारी र उपलब्ध स्रोत तथा जनशक्तिको अवस्थाको बारेमा पहिचान गर्ने उद्देश्यका साथ बिहीबार जिल्लाको देउखुरीमा कृत्रिम घटना अभ्यास गरी त्यसको पहिचान गर्ने कार्य गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षता एवं लमही नगरपालिका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा लमही नगरपालिकाको अर्जुनखोलामा दाङ जिल्लाका सुरक्षा निकायहरूको तयारी र उपलब्ध स्रोत साधनको अवस्थासँगै आवश्यक तयारीका विषयमा कृत्रिम घटना अभ्यास गरी वर्षायाममा उत्पन्न हुनसक्ने घटना र त्यसको लागि जिल्लामा गरिएको तयारीको विषयमा अभ्यास गरिएको हो ।
जिल्लाका प्रमुख दुई नदीहरू राप्ती र बबईको र अन्य सहायक नदी, खोलाका कारण वर्षेनी धनजनको क्षति हुने गरेकोले त्यसको न्यूनीकरणको लागि पूर्वतयारी स्वरूप कृत्रिम घटना अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।
त्यसले जिल्लामा रहेको तयारी र सुधार गर्नुपर्ने आवश्यक तयारीका विषयमा थप योजना बनाउन मद्दत पुराउने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी रिजालले बाढीको कारण जिल्लामा कुनै अप्रिय घटना हुन नदिन जिल्ला विपद् व्यवस्थापन समिति सधै चनाखो रहेको र स्थानीय सरकार पनि त्यहिअनुसार पूर्वतयारीमा रहेकोले थप क्षति कम गर्न सहज हुने बताए ।
जिल्लाको अर्जुनखोलामा गरिएको कृत्रिम घटना अभ्यासको उद्घाटन अवसरमा बोल्दै लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले देउखुरी क्षेत्र बाढीको कारण वर्षेनी डुबान हुने भएकोले क्षति कम गर्न नगरपालिकाले रेडक्रसको सहयोगमा विभिन्न तयारीका कार्यक्रमसँगै आवश्यक खोज उद्धारका सामग्रीको व्यवस्थापनको लागि निकै चनाखो भएर लागेको बताए ।
त्यस अवसरमा बोल्दै रेडक्रस दाङका उपसभापति मदन गौतमले रेडक्रस सधै समुदायसँगै सरकारको सहयोगी निकायको रूपमा रहेकोले विपद्को समयमा सरकार र सुरक्षा निकायको सहयोगीको रूपमा काम गर्न सधै तयार रहने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here