- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsपालिकामै थन्कियो स्वाव

पालिकामै थन्कियो स्वाव

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १९ असार । स्थानीय तहहरूले कोरोना परिक्षणका लागि संकलन गरेको स्वाव दुई दिनदेखि पालिकामै थन्किएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले माथिको निर्देशन भन्दै पालिकाबाट संकलन भएको स्वाव लिन नमानेपछि पालिकामै स्वाव थन्किएको हो ।
कोरोनो संक्रमण भए/नभएको परिक्षण गराउनको लागि पठाइएको स्वाव प्रतिष्ठानले बुधबारदेखि नलिएको स्थानीय तहहरूले बताएका छन् ।
केन्द्रको परिपत्र भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाव परिक्षणका लागि नलिएपछि अहिले पालिकाकै थन्काउनु परेको तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ का फोकलपर्सन बिमल केसीले बताए । बुधबार तुलसीपुरबाट ४५ जना व्यक्तिहरूको पठाएको स्वाव नलिएर फिर्ता ल्याउनुपरेको बताए ।
तुलसीपुरमा क्वारेन्टाइनमा बसेका र कन्ट्राक ट्रेसिङमा रहेकोहरूको स्वाव संकलन गरिएको र अहिले पालिकामै थन्किएको केसीले बताए । ‘बेलुका ५ बजे पहिले नै प्रतिष्ठानमा स्वाव पठाउथ्यौं’ फोकलपर्सन केसीले भने ‘बुधबार स्वाव नबुझेर फिर्ता आयो ।’
बिहीबार संकलन भएको पनि कार्यालयमै राखेका छौं । ‘प्रतिष्ठानले स्वाव संकलन गर्दैनौ भन्छ’ उनले भने ‘अब काठमाडौं पठाउने तयारी भईरहेको छ’ तुलसीपुर उपमहानगर– पालिका, शान्तिनगर गाउँपालिका लगायतका जिल्लाका पालिकाको स्वाव पालिकामै थन्किएको छ ।
दाङमा एकमात्र कोभिड–१९ को संक्रमण भए÷नभएको बारेमा परिक्षण हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाव लिन नमानेपछि यहाँका स्थानीय तहहरू चिन्तित बनेका छन् ।
सयौंको संख्यामा रहेका व्यक्तिहरूको स्वाव कहाँ परिक्षण गराउने ? भन्ने विषयमा अन्यौलता भएको छ । दाङमा एक सय बढीको स्वाव परिक्षण हुन बाँकी छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा संगीता भण्डारीले स्वास्थ्य मन्त्रालयको परिपत्र आएका कारण परिक्षणका लागि स्वावहरू नलिएको बताइन् ।
उनले तीन दिन अगाडीको मन्त्रालयको पत्रका आधारमा त्यसपछि कुनै पनि नयाँ स्वाव नलिएको जानकारी दिइन । ‘हामीले मन्त्रालयको नीतिलाई मानेका हौं’, उनले भनिन् ‘नीतिभन्दा बाहिर त कसरी जान सकिन्छ र ?’
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले प्रतिष्ठान गैरजिम्मेवार भएको बताए । उनले पालिकामा थन्किएको स्वावलाई काठमाडौं पठाउने तयारी गरेको जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here