- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsक्वारेन्टाइनबाट ७० जना भागे

क्वारेन्टाइनबाट ७० जना भागे

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, १९ असार । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको एक क्वारेन्टाइनमा बसेका ७० जना भागेका छन् । नगरपालिकाको वडा नं. २ स्थित आधारभूत विद्यालय लाहाघाटको क्वारेन्टाइनमा बसेका ६० जना बिहीबार दिउँसो भागेको बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ ।
स्वाव संकलन गरेको एक हप्ता पनि रिपोर्ट नआएको तथा लामो समयदेखि क्वारेन्टाइनमा बस्नुपरेको भन्दै उनीहरूले सुरक्षाकर्मीलाई ढुंगामुढा गरी भागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले बताए ।
गत जेठ १९ गते भारतको गुजरात र गडवालबाट आएका उनीहरूको १४ दिनपछि आरडिटी परीक्षण गर्दा तीनजनामा पोजेटिभ देखिएको थियो । पुनः असार १२ गते पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको रिपोर्ट आउन ढिला भएको भन्दै उनीहरू भागेको पोख्रेलले बताए ।
कर्णाली प्रदेशको पिसिआर मेसिन बिग्रिएको र स्वाव नेपालगञ्ज पठाइएको अबको एक÷दुई दिनभित्रमा रिपोर्ट आउँछ भन्दाभन्दै भागेको मेडिकल अफिसर डाक्टर इन्द्रबहादुर थापाले बताए । क्वारेन्टाइनमा बसेका सबै भागेसँगै गाउँमा भने त्रास फैलिएको छ । क्वारेन्टाइनबाट भागेकाहरूको खोजी जारी रहेको गाउँपालिकाले बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here