- Advertisement -spot_img
Sunday, December 5, 2021
Homeफिचरफौजी किराभन्दा खतरनाक सलह

फौजी किराभन्दा खतरनाक सलह

- Advertisement -spot_img

कहिलेकाहिँ भौतिकवादी र आध्यात्मिकवादीबीच विभिन्न कुराहरूमा ठूला–ठुला मतभेदहरू हुने गर्दछन् । भौतिकवादको प्रमुख आधार विज्ञान हो भने आध्यात्मिकवादीहरूको आधार भनेको देवीदेवता परमेश्वर हो ।
वास्तवमा ब्रह्माण्डको उत्पत्ति र विकासको शुरूवातमा संसारको क्रमश नयाँ–नयाँ कुराहरूको विस्तारै विकासका नयँ ापाइलाहरूमा बामे सर्ने क्रम थियो । जसको आधार गर्दागर्दै सिक्दै जाने अनुभवको महसुस गर्दै जाने थियो । त्यतिबेला न त वैज्ञानिक थिए । न त विज्ञानको आविस्कार हुन सकेको अवस्था थियो ।
मानव जातिले कसरी आफ्नो आहारा जुटाउने ? कसरी दुश्मनबाट सुरक्षित भई आफ्नो बथानमा पुग्ने चिन्ता यिनै थिए । मानव जातिको तेस्रो मानव होमो इरेक्ट्सको समयमा पृथ्वीमा ठूलो संकट आइपरेको छ ।
त्यतिबेला पृथ्वीमा ठूलो आँधीबेहरी, तुफान आएपछि पृथ्वीमा रहेका बाक्ला जंगल ठूला–ठूला रूख सबै ढलेर सखाप भए । त्यसरी ढल्दा रूखहरूको एकआपसको घर्षण तापको शक्तिबाट आगोको आविस्कार हुनपुग्यो । जगंली जीवजन्तु धैरैको क्षति भयो । बचेकुचेकाहरूलाई फेरी पनि बासस्थानको आहाराको समस्या जटिल भयो ।
ति जटिलताको महसुस अग्रज नेतृत्वलाई भयो । त्यतिबेलाको नेत्तृव समूहकी जेष्ठ पाको महिलाले गर्ने भएको कारण चुनौती अन्य सदस्यलाईभन्दा अगुवालाई भयो । त्यो पनि एकप्रकारको शिक्षा थियो । त्यतिबेलाको आगलागीको विपत्मा मानव जातिले तीनवटा कुराको महसुस अर्थात् शिक्षा प्राप्त ग¥यो ।
एउटा त आगो पत्ता लाग्यो, अर्काे पक्ष आगोमा जलेका वस्तुबाहेक आहारा नपाएपछि जलेका बस्तु खान बाध्य भयो । तर बाध्यात्मक भएपनि वस्तु काँचोभन्दा जलेको खानमा मीठो स्वादिलो छिट्टै तिर्खा लाग्ने पानी धेरै खाँदा अघाएको महशुस भयो ।
त्यसपछिको जटिल समस्या बाक्लो जगंल हँुदा बस्न लुक्न सजिलो थियो । पछि जंगल सखाप हुँदा दुश्मनले टाढाबाट पनि देख्ने आक्रमण छिटो हुनथाल्यो । त्यसबाट बच्न पनि विकल्प सोच्नुपर्दा त्यो पनि मानव जातिको दरिलो अनुभव, शिक्षा, महशुस नैै थिए  ।
ति सम्पूर्ण शिक्षा महसुसको बोध गराउने पनि प्रकृति नै थियो । त्यसपछिको मानव जातिमात्र नभई सम्पूर्ण सजिव वस्तुकै समस्याको विपत्ति हिमयुगको थियो । त्यो विपत्मा पनि बाँच्नको लागि पृथ्वीको दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ लागेर बाँच्न सिक्यो ।
त्यसपछि फेरी पनि पृथ्वीको उत्तरी गोलाद्र्धमा शितयुगको समस्या आईप¥यो । त्यहाँबाट पुनः दक्षिणी गोलाद्र्धतर्फ सुरक्षित हँुदै गयो । यसरी मानव जातिले प्रकृतीसँग इतिहासका मोडहरूमा थुप्रै चुनौती भोग्दै आएको इतिहास भेटिन्छन्  ।
तर मानव जातिले सृष्टिकालको शुरूवातबाटै जति दुःख, आपत्विपत् भोग्दै आयो । मानव जातिले बेला बेलामा आफ्नै जातिसँग भिडन्त गरेको छ । बलियो जातिले निर्धाेमाथिको रजाई, निर्धाहरू जहिले पनि हार्नपर्ने, ठाउँ छोड्दिनु पर्ने यो इतिहासकै चलिआएको रोग हो ।
मानव जातिले जति सिक्यो सम्पूर्ण देन प्रकृतीकै हो । तर प्रकृती के हो ? विज्ञान के हो ? भन्ने कुरा मानव जातिका धेरै चरण जंगली युग, ढुंगे युग, कृषि युग पार गर्दै गएपछि मात्र विश्लेषण गर्ने क्षमताको विकास भएको देखिन्छ । त्यसैले मानव जातिको लामो समय ऋषी मुनीका अर्ति, उपदेश शिक्षामा बिते ।
त्यो समय पनि एकतर्फी देवीदेवता आध्यात्मिकवादको मात्र ब्याख्या भएको पाइन्छ । तर जतिसुकै ब्याख्या विश्लेषण गरेपनि वास्तविकता, सत्यता, इमान्दारिताका दिन समय युग तिनै रहेछन् । ऋषीमुनीहरूले विज्ञान के हो ? थाहा पाएनन् ।

आज सृष्टिकालको करोडौ बर्षसम्म आइपुग्दा मानव जातिले विज्ञानको मात्र ब्याख्या गरेर इतिहास भुल्यो । मानव जातिले प्रकृतिका विपत्तिहरूबाट बाँच्न सक्ने शिक्षा भुल्यो । कसरी मानव जाति यहाँसम्म आइपुग्यो । विज्ञान र वैज्ञानिकका बहस गरेपनि जीवन, जगत् कहाँ रहेछ ? वर्तमानको कोरोनाभाइरस जस्ता विपत्ति के मानव जातिले भोग्नु परेन ? वास्तवमा प्रकृतीले मानव जातिलाई समय–समयमा दीक्षा दिने ग¥यो ।


तर बितेका कुराको अनुभबबाट शिक्षा चलिरहेको समयको अनुभूति दुबै कुराको निचोडबाट पछि आउने कुराहरूको भविष्यवाणीबाटै विज्ञानको विकास हुने बलिया आधारहरू फेला परेका छन् ।
आज सृष्टिकालको करोडौ बर्षसम्म आइपुग्दा मानव जातिले विज्ञानको मात्र ब्याख्या गरेर इतिहास भुल्यो । मानव जातिले प्रकृतिका विपत्तिहरूबाट बाँच्न सक्ने शिक्षा भुल्यो । कसरी मानव जाति यहाँसम्म आइपुग्यो । विज्ञान र वैज्ञानिकका बहस गरेपनी जीवन, जगत् कहाँ रहेछ ? वर्तमानको कोरोनाभाइरस जस्ता विपत्ति के मानव जातिले भोग्नु परेन ?
वास्तवमा प्रकृतीले मानव जातिलाई समय–समयमा दीक्षा दिने ग¥यो । कराडौ बर्षका विपत्ति छोडौं आजभन्दा ८७÷८८ वर्ष अगाडि नेपालमा डरलाग्दो विनाशकारी भूकम्प आयो । वि.सृ. १९९० सालमा आएको भूकम्पले निम्त्याएको विपत्तिको बारेमा बाबाले भन्नु हुन्थ्यो ।
त्यतिबेलाको भूकम्पले मानव जातिको बेहालै बनायो । भूकम्पको कारण महाअनिकाल भयो । हजारौंको संख्यामा घरहरू भत्किए । लाखौं हजारौ धनजनको क्षति भयो ।
समस्या यही थियो रोग, शोक, भोक त्यस्तै विपत्ति फेरी २०१८ सालको मानव जातिको लागि इतिहासमै स्मरणीय रह्यो । त्यतिबेलाको विपत्ति सलह नामक किराबाट भएको थियो ।
ठिक्क बालीनाली पटाउने, पसाउने फुल्ने, फल्ने समयमा नेपालको दक्षिणतिरबाट कराडौंको संख्यामा प्रवेश गरेको सलहले हरियो भन्ने कुनै वस्तु राखेन सबै ढुटीमाटी पारेर ध्वस्त बनायो । मानव जातिले प्रयोग उपभोग गर्ने जमिन माथिका कुनै बस्तु रहेनन् ।
मानव जातिलाई मात्र नभई प्रायः वनस्पतीजन्य त्यसमा पनि अझ बढी हरिया प्रकारका सम्पूर्ण सजिव वस्तुको विपत्ति थियो । नेपालको दक्षिणतर्फबाट प्रवेश गरेको वर्षात्को अन्तिम समयको अवस्थामा कुनै पनि हरिया वस्तुमाथि बिस्कुन सुकाएसरी घोप्टिए केही रहेन ।
पूरै रूखहरू नाङ्गा भए । बोटबिरूवाहरू ठेटाको अवस्था भए । बालीनाली रूखका फलफूल सखाप पारेपछि त्यो वर्ष महाअनिकाल भोकमरीको कारण हजारौ परिवारको विचल्ली भयो ।
मानिसहरूले त्यतिबेलाको चलनचल्ती अनुसार एक परिवारले ३÷४ मुरीभन्दा बढी सलह मारेर सुकुटी बनाएर तरकारीको रूपमा प्रयोग गरेका दुखद् घटनाका सम्झना बुढापाकाहरूले र मेरो बाबाले समेत अनुभव सुनाउने गर्नुहुन्थ्यो । अझ एउटा दुःखको कुरा सुनाउनु हुन्थ्यो ।
मेरो बाबा र नाताले ठूलबुवा पर्नेले घरका गाग्री ताउला बोकेर बेसार खोज्न हप्तौ दिनसम्म प्यूठानका केही हुनेखाने भुगोल शारी, भिंग्री, खैरा, बिझुवार, टारी पुग्दा बाटोमा दिसा देख्नुभएछ ।
उहाँहरूलाई महसुस भएछ रे ! यहाँका मान्छेले अन्न खादा रहेछन् भन्ने भएछ रे ! अन्यथा अधिकांश मानिस गिठा, भ्याकुर, तरूल, रूखका बोक्रा, आलु, पीडालु, मासुजन्य वस्तु खाएर जीविका चलाई बाँचेको दुःखका कहानी सुनाउनुहुन्थ्यो ।
यि सबै प्रकृतीका विपत्ति, महाविपत्ति हुन आज मानिस थुप्रै विपत्तिहरू भोग्न बाध्य छ । लगाएको बालीनालीहरू ठिक फल्ने समयमा लाइकिरा, अमेरिकन फौजी नामक किराले ध्वस्त पारी सताएको पीडा सुनाउनुहुन्छ ।
एकातिर कहिल्यै नसुनेको इतिहासमा पनि थाहा न पाएको महाविपत्ति कोभिड–१९ विश्वका वैज्ञानिक, विज्ञ, विज्ञानसमेत रूवाउने कोरोना नामक भाइरसले विश्व आक्रान्त पारेको अवस्थामा अझ सबैभन्दा खरतनाक ६० बर्षपछि फेरी पनि सलह किरा आएको छ । नेपालमा दक्षिणतर्फबाट सलह प्रवेश गरेको छ ।
प्रकृतीका विपत्तिहरू बर्षमा एउटा प्रकारको विपत्ति आई पर्छ । हाल ०७६/७७ मा त कोरोनाले नै ध्वस्त बनायो । अब त सबैले हात जोडी बिन्ती गरौं । प्रकृतीले यति धेरै विपत्ति किन दिन्छौं ? पुग्यो अब भैगो दुःख नदेऊ ।
मानव जातिले धेरै अफवातर्फ बहस नगरौं । विज्ञानको नामबाट प्रकृतीलाई अपमान गर्दै जाँदा पृथ्वीमा समय–समयमा विपत्ति महाविपत्तिको निरन्तरता हँुदै जान थाल्यो । अब प्रकृतीको दोहन गर्ने, लुकी–लुकी विकृति फैलाउने भाषण, ब्याख्या, विश्लेषण एकातर्फ ब्यवहार जहिले पनि निजी स्वार्थतर्फ चुर्लुम्म हुने दानवीय प्रवृत्तिको अन्त्य गरौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here