- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरवैकल्पिक कक्षा सञ्चालन

वैकल्पिक कक्षा सञ्चालन

- Advertisement -spot_img

प्रदेश टुडे
गढवा, १९ असार । दाङका विभिन्न स्थानहरूमा वैकल्पिक कक्षा सञ्चालन गरिएको छ । दूर शिक्षा र भर्चुअल अनलाईनकक्षाको पहुँचमा नभएका विद्यार्थीहरूका लागि वैकल्पिक कक्षा सञ्चालन गरिएको हो ।
कोरोना महामारीका कारण बालबालिकाको शिक्षामा प्रत्यक्ष असर परेको भन्दै क्रियटिङ पोसिव्लिटिज नेपालले स्थानीय विद्यालयको समन्वयमा गाउँमै वैकल्पिक कक्षा सञ्चालन गरेको छ । सिपी नेपालले राजपुर गाउँपालिका, राप्ती र गढवा गाउँपालिकाका विभिन्न २१ वटा स्थानहरूमा कक्षा सञ्चालन गरेको सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिए ।
कोरोना महामारीका कारण तत्काल विद्यालय सञ्चालन हुने अवस्था नभएको भन्दै सिपी नेपाललले विकल्पको रूपमा सामाजिक दूरी कायम गरी टोल तथा समुदायमा वैकल्पिक कक्षा सञ्चालन गरेको हो ।
समय तालिका निर्माण गरी माथिल्लो तहका विद्यार्थी र शिक्षकहरूको समन्वयमा कक्षा सहजीकरण गरिएका निर्देशक सापकोटाले बताए । उनले निम्न आयस्तर र कमजोर पारिवारीक अवस्था भएका विद्यार्थीहरूलाई लक्षित गरी कक्षा सञ्चालन गरिएको बताए ।
‘हाम्रो आर्थिक सहयोगमा अध्ययन गरिरहेका विद्यार्थीहरू निम्न आयस्तरका र पूर्व कम्लहरीका बच्चाहरू रहेका छन्’ उनले भने– ‘साँझ–बिहान छाक टार्न समस्या भएका र सामुदायिक विद्यालयमा पढ्दै आएका विद्यार्थीहरूलाई कक्षामा राखेका छौँ ।’
रेडियो र टेलिभिजन कक्षा एकतर्फि भएका कारण बुझ्न र बुझाउन समस्या हुने भएकाले यसरी कक्षा सञ्चालन गरिएको उनको भनाई छ । यसले बालबालिकाहरूलाई पढ्नमा सहजता ल्याउनुको साथै उत्प्रेरणा प्रदान गर्ने उनले बताए ।
गाउँमै कक्षा सञ्चालन हुँदा आफूले बुझ्न र अरूलाई बुझाउन सजिलो एवं उत्साह मिलेको कक्षा १० मा अध्ययनरत महिमा चौधरीले बताइन् । विद्यार्थीहरू र शिक्षक एकै समुदायका भएकाले गाउँमै कक्षा सञ्चालन गर्न सहज भएको शिक्षक अन्तराम चौधरीले बताए ।
विषम परिस्थितिमा विद्यार्थीलाई शैक्षिक क्रियाकलापसँग जोड्नका लागि शैक्षिक सामग्री वितरण गरेर विभिन्न गाउँमा यस प्रकारको कक्षा सञ्चालन गरिएकोे सीपी नेपालका विद्यार्थी संयोजक श्याम चौधरीले जानकारी दिए ।
कोरोना महामारी अन्त्यको अनिश्चितासँगै शैक्षिक संस्था खुल्ने नखुल्ने अन्यौल रहेकाले संस्थाले प्रत्येक दिन दशजनाको समूह निर्माण गरी सामाजिक दूरी कायम गर्दै कक्षा सञ्चालन गरिएको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here