- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरकुसुण्डा परिवारलाई खाद्यान्न सहयोग

कुसुण्डा परिवारलाई खाद्यान्न सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १९ असार । दाङमा बस्दै आएका कुसुण्डा समुदायका दश परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । आदिवासी जनजाति राष्ट्रिय महिला मञ्चको सहयोगमा कुसुण्डा समुदायका परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।

कुसुण्डा विकास समाज केन्द्रीय कार्यालय घोराहीको समन्वयमा खाद्यान्न वितरण गरिएको छ । प्रति परिवार २५ किलोग्राम चामल, नुन, दाल, चिउरा २/२ किलोग्राम र २ लिटर सहयोग गरिएको छ ।

करिब तीन महिनाभन्दा लामो समयको लकडाउनले कुसुण्डा समुदायमा खाद्यान्नको संकट परेको हुनसक्ने भन्दै महिला मञ्चले खाद्यान्न उपलब्ध गराएको कुसुण्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुण्डाले जानकारी दिए ।

यस्तै हरेक परिवारका लागि २/२ वटा लुगा धुने साबुन पनि सहयोग गरेको छ । घोराहीमा बिहीबार अनौपचारिक कार्यक्रम गरी खाद्यान्न सहयोग गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here