- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरसुरक्षा भत्ता नविकरण गर्न अनुरोध

सुरक्षा भत्ता नविकरण गर्न अनुरोध

- Advertisement -spot_img

प्रदेश टुडे
देउखुरी, १८ असार । राप्ती गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका नागरिकहरूलाई नाम नवीकरण गर्न अनुरोध गरेको छ । गाउँपालिकाले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको प्राप्त पत्र अनुसार नाम तथा विवरण नवीकरण गर्न स्थानीयहरूलाई अनुरोध गरेको हो ।
सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि–२०७५ अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरूलाई समयमा नै नाम तथा विवरण नवीकरण गर्न गाउँपालिकाले सूचनासमेत जारी गरेको छ ।
राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले सूचनामार्फत राप्ती क्षेत्रका सम्पूर्ण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले आगामी साउन मसान्तभित्र वडा कार्यालयमा नाम नवीकरण गर्न अनुरोध गरेका छन् ।
सामाजिक सुरक्षा कार्यक्रम कार्यविधिअनुसार भत्ता प्राप्त गर्ने नागरिकहरूलाई समयमै आफ्नो विवरण नवीकरण गर्न अनुरोध गरिएको गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका एमआईयस अपरेटर नारायणबहादुर राउतले जानकारी दिए ।
विगतका वर्षमा प्रत्येक आर्थिक वर्षको साउन १ गतेदेखि पुस मसान्तभित्र नाम नवीकरणको लागि निवेदन दिनुपर्ने ब्यवस्था रहेकोमा हाल सो व्यवस्था परिवर्तन भएको राउतले बताए । हाल सामाजिक सुरक्षा निमावली २०७६ लागू भईसकेपछि नियमावलीको नियम ९ अनुरूप प्रत्येक आर्थिक वर्षको साउन मसान्तभित्र नवीकरण गर्नुपर्ने ब्यवस्था रहेको छ ।
उक्त परिवर्तित ब्यवस्थाअनुसार हरेक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरूले असार मसान्तभित्र आ–आफ्नो वडा कार्यालयमा गई नाम नवीकरण गर्नका लागि सबैलाई अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here