- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरजंगली च्याउ खादा बिरामी

जंगली च्याउ खादा बिरामी

- Advertisement -spot_img

प्रदेश टुडे
देउखुरी, १९ असार । दाङको राप्ती गाउँपालिमा जंगली च्याउ खाएर सातजना बिरामी भएका छन् । दाङ प्रहरीका अनुसार राप्ती गाउँपालिका–४ मौरीघाटका सातजना बिरामी भएका हुन् ।
प्रदेश प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार मौरीघाट निवासी ४२ बर्षीय दीपा चौधरी च्याउ खाएर बिरामी भएकी छन् । उनको लमही अस्पतालको सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।
यस्तै जंगली च्याउ खाएर मौरीघाटका एकै परिवारका छजना बिरामी भएका छन् । उनीहरू सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मौरीघाट निवासी २२ बर्षीया निराजन चौधरी, ९ बर्षीय बालिका र ११ बर्षीया बालक, ३३ बर्षीया राजेन्द्र चौधरी, ५० बर्षीय अक्कली चौधरी र ३२ बर्षीय भूमा चौधरी रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here