- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरघाइते महिलाको मृत्यु

घाइते महिलाको मृत्यु

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १९ असार । सवारी दुर्घटनामा परी घाइते भएकी महिलाको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नं १ निवासी ४८ बर्षकी पवि डाँगीको उपचारको क्रममा बिहीबार नेपालगंजको नर्सिङ होममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।
तुलसीपुरबाट भमकेतर्फ जाँदै गरेको गरेको रा ५ प ८०९५ मोटरसाइकल र पश्चिमबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ५ प ६५२५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा तुलसीपुर उपमहानगरपालिका वडा नं ८ अश्वारामा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी रा ५ प ८०९५ नम्बरका मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नं २ भमके निवासी ३० वर्षका गुरूप्रसाद चौधरी र पछाडी बसेका दुधेना निवासी ३२ वर्षका पुनाराम चौधरी घाइते भएका छन् ।
त्यसैगरी रा ५ प ६५२५ नम्बरको मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका वडा नं १ बगीया निवासी २० वर्षका शंकर परियार र पछाडी सवार बबई गाउँपालिका वडा नं १ निवासी ४८ वर्षकी पवि डाँगी घाइते भएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here