- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयखाली हुँदै क्वारेन्टाइन

खाली हुँदै क्वारेन्टाइन

- Advertisement -spot_img

सम्पादकीय

कोरोना संक्रमण दैनिक बढिरहेको छ । अर्काेतिर कोरोना रोकथामका लागि घर बाहिरबाट आउने नागरिकलाई राख्नका लागि बनाइएका क्वारेन्टाइन विस्तारै खाली हुँदै गएका छन् । क्वारेन्टाइनमा बसेकाहरूमध्ये अधिकांश व्यक्तिहरू स्वाव परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका हुन् । पोजेटिभ रिपोर्ट देखिनेहरू आइसोलेसन हुँदै घर पुगिरहेका छन् ।

दाङमा करिब ११ हजार बेड क्षमताका क्वारेन्टाइन निर्माण गरिएको छ । अहिले जिल्लामा करिब १ हजार नागरिकमात्रै रहेका छन् । १० हजार बेड क्षमताका क्वारेन्टाइन खाली भएका छन् । भारतलगायत विभिन्न ठाउँबाट घर फर्कने नागरिकको संख्या कमि हुँदै गएपछि पालिकाले बनाएका क्वारेन्टाइन खाली हुन थालेका हुन् ।

विदेशबाट फर्केका नागरिक अब होम क्वारेन्टाइनमा पनि बस्न पाउने भएपछि जिल्लाका २ सय ११ ठाउँमा स्थापना गरिएका क्वारेन्टाइन विस्तारै खाली बन्न थालेका छन् । क्वोन्टाइन खाली हुनु राम्रो हो । तर क्वारेन्टाइनकै लापरवाहीका कारण समुदाय स्तरसम्ममा संक्रमण नफैलियोस् भन्ने सोंचको विकास पनि हुनुपर्छ ।

बन्दाबन्दीको एक सय दिनको अवस्थामा हजारौ स्वदेश फर्किए । क्वारेन्टाइनको बसाई र परिक्षणको नतिजा कुराइले धेरैलाई सास्ती पनि दियो । पछिल्लो समय केही सहज भने भएको छ । क्वारेन्टाइन खाली हुँदै गर्दा त्यो मासले गाउँघर भरिभराउ हुन थालेका छन् ।

विद्यालय तथा विभिन्न सामुदायिक भवनलाई प्रयोग गरी क्वारेन्टाइन बनाइएकोमा अब ति क्वारेन्टाइनमा नागरिक छैनन् । क्वारेन्टाइन खाली हुनु भनेको भारतलगायत तेस्रो मुलुकबाट फर्कने नागरिकको संख्यामा कमि आउनु हो ।

क्वारेन्टाइन खाली हुँदै जाँदा अब व्यवस्थापनमा सहज हुने देखिएको छ । कुनै समय भारतबाट फर्किने नागरिकको संख्या अत्याधिक रूपमा बढी भएपछि व्यवस्थापनमा चुनौती देखिएको थियो ।

विद्यालय क्वारेन्टाइन बन्दा शैक्षिक गतिविधिमा समेत प्रभाव र समस्या परिरहेकै बेला क्वारेन्टाइन खाली हुनेले शैक्षिक गतिविधि पनि बढ्न सक्ने अवस्था रहन्छ ।

खाली बन्दै गएका क्वारेन्टाइन थप व्यवस्थित बनाउन पालिकाहरूले सक्रिय भूमिका खेल्नुपर्छ । विदेशबाट फर्कन नेपालीको संख्या अब फेरि पनि बढ्न सक्ने हुनसक्छ । भने अर्काेतर्फ विद्यालय सञ्चालनको सम्भावना पनि यस्तै देखिएको ।

त्यसकारण कोरोना संक्रमण रोक्न र व्यवस्थापनमा थप प्रभावकारी बनाउन आवश्यक छ । “जतिबेला बाघ पर्छ, त्यतिबेला नै हैट भनौंला” भन्ने प्रवृत्तिको अन्त्य गरी पूर्वतयारी गर्न आवश्यक छ ।

लकडाउन खुकुलो बन्दै जाँदा कोरोनाको संक्रमण विस्तारै समुदायमा फैलिन थालिसकेको छ । यो अवस्थालाई पनि मध्यनजर गरे स्थानीय सरकारहरू अघि बढ्नु पर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here