- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsदश हजारले छोडे क्वारेन्टाइन

दश हजारले छोडे क्वारेन्टाइन

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, १८ असार । दाङमा कोरोनाको आशंकामा क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै गएको छ । जिल्लामा भारतलगायत तेस्रो देशबाट आउनेको संख्या कमि आएपछि र क्वारेन्टाइनमा बसेका स्वावको रिपोर्ट नेगेटिभ देखिएपछि क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै गएको हो । अहिलेसम्म जिल्लाका विभिन्न स्थानबाट १० हजार बढी क्वारेन्टाइनबाट घर गएका छन् ।
जिल्लाका २ सय ११ स्थानमा स्थापना गरिएका क्वारेन्टाइनबाट मंगलबार साँझसम्म १० हजार ३ सय ८७ जना क्वारेन्टाइन छोडेको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकलपर्सन कमल चन्दले जानकारी दिए । उनका अनुसार अहिले जिल्लाका विभिन्न स्थानमा १ हजार ३ सय ९ जना क्वारेन्टाइनमा बसेका छन् ।
जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा २ हजार ३ सयमध्ये १ हजार ८ सय ४४ जनाले क्वारेन्टाइन छोडेका छन् । घोराहीमा अहिले ४ सय ५६ जना रहेका छन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा १ हजार ४ सय ४८ मध्ये १ हजार २ सय ७० जनाले क्वारेन्टाइन छोडेका छन् भने अहिले क्वारेन्टाइनमा अहिले १७८ जना रहेका छन् ।
त्यस्तै बबई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १ हजार ४ सय ३२ जनामध्ये १ हजर ३ सय ४२ जना क्वारेन्टाइन छोडेका छन् । अहिले तुलसीपुर उपमहानगरको क्वारेन्टाइनमा ९० जना बसेका छन् ।
बंगलाचुली गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १ हजार ३ सय ९७ मध्ये १ हजार ३ सय ५४ जनाले क्वारेन्टाइन छोडेका छन् । अहिले बंगलाचुलीका विभिन्न स्थानमा ४३ जना रहेका छन् । त्यसैगरी राप्ती गाउँपालिकामा १ हजार ३ सय ४८ जनामध्ये १ हजार ३ सय ४८ जनाले क्वारेन्टाइन छोडेका छन् भने अब २ सय १४ विभिन्न स्थानका क्वारेन्टाइनमा छन् ।
लमही नगरपालिकामा १ हजार २ सय ५ जनामध्ये १ हजार १ सय ६७ जनाले क्वारेन्टाइन छोडेका छन् भने अहिले ३८ जनामात्रै क्वारेन्टाइनमा बसेका छन् । गढवा गाउँपालिकामा १ हजार १४ जनामध्ये ८ सय ६७ जनाले क्वारेन्टाइन छोडेका छन् भने १ सय ४७ जना अहिले क्वारेन्टाइनमा रहेका छन् । शान्तिनगर गाउँपालिकामा ७ सय २४ जनामध्ये ६ सय ७७ जनाले क्वारेन्टाइन छोडेका छन् । अब ४७ जना रहेका छन् ।
त्यसैगरी राजपुर गाउँपालिकामा ५ सय ४५ मध्ये ४ सय ७६ जनाले क्वारेन्टाइन छोडेका छन् भने अब ६९ जना रहेका छन् । दंगीशरण गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका २ सय ८३ जनामध्ये २ सय ३६ जनाले क्वारेन्टाइन छोडेका छन् भने अहिले ४७ जना विभिन्न क्वारेन्टाइनमा रहेका छन् ।
क्वारेन्टाइन छोड्नेमध्ये स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ देखिएका घर फर्किएका छन् भने कोरोनाको संक्रमण पुष्टि हुनेको आइसोलेसनमा उपचार भइरहेको छ ।
दाङमा १० हजार ३ सय ८२ जनाको स्वाव संकलन गरिएकोमा मंगलबारसम्म ९ हजार ८ सय १७ जनाको रिपोर्ट आएको छ । जसमध्ये ९ हजार २ सय ३७ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ भने ५ सय ९० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । अहिले दाङको ५ सय ३५ जनाको स्वाव प्रतिक्षामा रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here