- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsबिषालु च्याउ पर्ला नि ?

बिषालु च्याउ पर्ला नि ?

- Advertisement -spot_img

सपना बोहरा
घोराही, १८ असार । ‘च्याउ खादा मिठो लाग्यो, खाएको लगभग चार घण्टापछि वाकवाकी लाग्यो, भन्न घुमाएर चक्कर लाग्यो, वेसरी पेट पोल्यो, त्यसपछि अस्पतालमा आएपछि मात्रै होस् आयो’ लमही नगरपालिका वडा नं २ का महेश चौधरीको । वनजंगलमा उम्रिएको बिषालु च्याउ खाएर बिरामी परेका हुन चौधरी ।
‘कुन च्याउ हो थाहा भएन्, साथीहरु मिलेर बनमा गएर च्याउ ल्याएर पकाएर खाएका थियौं’ उनले भने ‘बिषालु पो रहेछ ।’ त्यो वन जंगलमा गएर च्याउ खाने चौधरी मात्र थिएनन् ।
उनीसंगै २१ जनाले च्याउ खाएर बिरामी थिए । ‘च्याउ चिन्न नजानेपछि त बिष पनि हुँदोरहेछ’ उनले भने । बिषालु च्याउ खाएपछि तीन÷चार घण्टा पछि मात्रै लक्षण देखाउने उनले बताए । हेर्दा राम्रा खाउ–खाउ लाग्ने च्याउ भएपनि सकेसम्म च्याउ नखान उनी सुझाव दिन्छन् ।
‘जोडले टाउको दुखिरहेको थियो, वाकवाकी लागिरहेको थियो र उल्टी गर्नको लागि घर बाहिर आएको थिए, अन्य साथीहरु पनि उल्टी गरिरहेका थिए, कोही बेहोस अवस्थामा थिए’ उनले च्याउ खाएपछि देखिएको असर सुनाउँदै भने ‘त्यसपछि मलाई के भयो, थाहा नै पाएन् ।’
च्याउ खाएपछि चार घण्टापछि मात्रै लक्षण देखिएको उनले बताए । ‘च्याउ खादा त मिठो थियो, हेर्दा पनि खान लायकका च्याउ देखिन्थे’ उनले भने ‘च्याउ नचिनेर खाएपछि त ज्यानै जाने खतरा हुनेरहेछ ।’
‘बिषालु च्याउ खाएर समयमै उपचार नपाएको भए त ज्यान नै जाने रहेछ’ उनले थपे । नचिनेका च्याउहरु नखान उनी सुझाव दिन्छन् । वनजंगलमा खाने र नखाने च्याउ उस्तै किसिमका पाइने भएकाले शंका लागेका च्याउ नखान सुझाव दिए ।
‘सोमबार पानी परिरहको थियो, पानीले काम हुन दिएन’ उनले भने ‘सबै साथीहरु भेला भएर जंगलमा गएर च्याउ टिपेर लगेर पकाएर खायौं ।’ घोराही, लमही तुलसीपुरका ज्याला मजदुर गर्ने २१ जनाले सामूहिक रुपमा बिषालु च्याउ पकाएर बिरामी परेका थिए । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएर घर गएका थिए ।
वर्षाको समय शुरु भएसँगै वन जंगलमा विभिन्न किसिमका च्याउहरु उम्रिन थालेका छन् । जंगली च्याउहरु परापूर्वकालदेखि खान थालेपनि बिषालु च्याउहरु पनि पाइने हुँदा ज्यानैसमेत जाने गरेको छ । बिषालु च्याउ खाएपछि वाकवाकी लाग्ने, चक्कर लाग्ने, पखाला लाग्ने, ज्वरो आउने लक्षण देखिने गरेको फिजिसियन डा. जितनाराण यादव बताउँछन् ।
कडा खालको बिषालु च्याउ खादा ज्यान जाने खतरा हुने हुदा नखान सुझाव दिन्छन् । च्याउ खाएको समयमा यस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल जान उनको अनुरोध छ । ‘सकेसम्म नचिनेको च्याउ नखाएकै राम्रो’ उनले भने ‘कुनै पनि लक्षणमा नजिकैको अस्पतालमा तुरुन्त जानु होला ।’
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार मात्र २१ जना बिषालु च्याउ खाएर बिरामी परेका छन् । दाङमा बिषालु च्याउ खाएर बिरामीको संख्या बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय दाङले बजारमा बेच्न ल्याएका च्याउ नष्ट गर्न थालेको छ ।
‘बिषालु च्याउ खाएर बिरामी बढ्न थालेपछि बेच्न ल्याएका च्याउ नष्ट गरेका छौं’ जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले भने ‘नचिनेर च्याउ नखाऔं ।
कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत रुद्र पौडेलले बिषालु र खाने च्याउको प्रकार उस्तै–उस्तै देखिने भएकाले सहजै छुट्याउन नसकिने बताउँछन् । च्याउ पारखीहरुले चाँदीको भाडामा राखेर पनि विषालु च्याउ भए÷नभएको बारेमा पत्ता लगाउ सकिने उनले बताए ।
‘चाँदीको भाडामा पानी राखेर च्याउ राख्ने र केही समयसम्म त्यो च्याउको रंग परिवर्तन भयो भने बिषालु हुन्छ’ पौडेलले भने ‘रंग परिवर्तन भएन भने च्याउ विषालु हुँदैन् ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here