- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरवडा अध्यक्षमाथिको आक्रमण निन्दनीय

वडा अध्यक्षमाथिको आक्रमण निन्दनीय

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १८ असार । शान्तिनगर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष फर्साराम डाँगीमाथि भएको आक्रमण भत्र्सनायोग्य र निन्दनीय भएको नेपाली कांग्रेस क्षेत्र नं. ३ ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै क्षेत्रीय सभापति जगतबहादुर खड्का, निर्वाचन क्षेत्र ‘क’ का सभापति घनश्याम ढकाल, ‘ख’का सभापति खिमबहादुर ओलीले यस्तो भत्र्सना गरेका हुन ।
‘जनप्रतिनिधिमाथि भएको यस्तो व्यवहार लोकतन्त्र माथिको प्रहार हो ।’ हतोत्साही मनस्थितिले आततायी व्यवहार र आक्रमण निन्दनीय र भत्र्सनायोग्य छ । विज्ञप्तिमा भनिएको छ, यस्ता निन्दनीय र लोकतन्त्र माथिका प्रहारहरू तत्काल रोक्न त्यस्ता समूहलाई आग्रह गर्दछौ ।
नेपाली कांग्रेस क्षेत्रीय समितिले दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याई कारवाही गर्न सरकारसँग मागसमेत गरेको छ ।
‘माग पूरा नभए अन्य भैपरी आउने अवस्थाका बारेमा सरकारलाई सचेत रहनसमेत आग्रह गर्दछौं’ भनिएको छ । आक्रमण भएको स्थानमा विप्लव नेतृत्वको नेकपाको शान्तिनगर गाउँ कमिटीको पत्र भेटिएकोमा यसको सत्यतथ्य छानबिन गर्न प्रशासनसँग माग गर्दछौ ।
यस्ताखाले अवान्छित गतिविधि नदोह¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौ । साथै घाइते वडा अध्यक्ष डाँगीको शिघ्र स्वास्थ्य लाभको कामना विज्ञप्तिमा गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here