- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरयतै डाउन, उतै डाउन

यतै डाउन, उतै डाउन

- Advertisement -spot_img

यतिबेला सबैलाई सताएको र सबैलाई अत्ताएको शब्द ‘लकडाउन’ हो । यो लकडाउनले रोग तथा संक्रमणको भय र त्रास मात्र फैलाएन । यसले समस्त जनजीवनको नीति, नियम, आचरण र दिनचर्यालाई समेत तंग, भंग र उदाङ्गो बनाइदियो । अर्को शब्दमा भन्नुपर्दा लकडाउन–सकडाउनमा परिणत भयो । यसले दिन केही जानेन र लिन केही छाडेन ।
सबथोक लिएर गयो र केही थोक दिन जानेन । सम्भवतः अब यो सबै तहबाट पाखा लाग्ला जस्तो छ । धार्मिक दृष्टिले गत २०७६ सा पुस महिनामा परेको सूर्य ग्रहण फेरी यही महिनाको ७ गते परेको थियो । यसरी ६ महिनाको बीचमा दुई–दुई पटक सूर्य ग्रहण पर्नु अनिष्ट कारक नै थियो । किनभने संसारभर सूर्यले हाँकेको हुन्छ र सूर्यले आकाशीय पिण्ड चलाएको हुन्छ ।
यस्तो विश्वव्यापी तेजिलो र प्रकाशिलो सूर्य कमजोर हुनु भनेको रोग र संक्रमणको कारक तत्व र प्रमाण हो । किनकी सूर्यको तेजिलो प्रकाश यानी प्रचण्ड घामकै कारण कैयौं रोगका जीवाणु मर्ने गर्दछन् र मर्छन् पनि । यदि सूर्य आफैमा रहदा त्यसबाट मर्ने जीवाणु झनै फैलने तथा सर्ने क्रम बढेर जाने नै हो ।
त्यसैले पनि पहिलो सूर्य ग्रहण लाग्दा चीनको वुहान प्रान्तबाट शुरू भएको यो कोरोनाभाइरस पछिल्लो सूर्य ग्रहण यो आषाढ महिनासम्म आइपुग्दासम्म पनि घट्न सकेन र निर्मूल हुन सकेन । जसको कारण सूर्यको अवस्थाको कमजोर नै थियो ।
सूर्य आकाशमा चम्की राखे पनि, सूर्य पूर्वबाट उदाइ रहेता पनि, सूर्य पश्चिममा अस्ताइ रहे पनि सूर्यको काम पृथ्वीमा लागि रहे पनि, समय र मौसमका हिसाबले ग्रिष्म ऋतु चलिरहे पनि यतिबेला सूर्यमा हुनुपर्ने जुन शक्ति हो, जुन उर्जा हो, जुन राप हो, जुन ताप हो, जुन प्रकाश हो त्यो शक्ति क्षिण र कमजोर नै थियो ।
कमजोर सूर्यमा जीवाणु नष्ट गर्ने तागत, बल र क्षमता थिएन त्यसैले पनि आजसम्म हामीले यो अनौठो रोगको अनौठो गतिविधि भोग्नु भयो, जान्नु प¥यो र देख्नु प¥यो । एउटा रोगकै कारण महिनौ दिनसम्म आफ्नै घरभित्र अपराधि चालामा थुनिएर बस्नु परेको कुरालाई सम्झदा पनि अचम्म लाग्न थाल्दछ । कस्तो समय आयो ?
भन्न मन लाग्छ । हामीले हाम्रो आचरण, संस्कार, संस्कृति, रितिरिवाज, परम्परा सबै भुलिसकेको अवस्था छ । हामीमा फलाएको आधुनिकपन पनि यसको उपज हो । आधुनिकताका नाममा हामी जति सुविधा भोगी र जति अल्छी भएका छौं त्यति नै हामीमाथि अनौठो प्राकृतिक आक्रमण हुँदैछ । हामीले औंसी भुल्यौं, पूर्णिमा भुल्यौ, सक्रान्ति भुल्यौं, तिथि भुल्यौं, बार भुल्यौं, नक्षत्र भुल्यौं, योग भुल्यौं, करण भुल्यौं, मुहूर्त भुल्यौं, बेला भुल्यौं र समय भुल्यौं ।
यसरी हामीले हाम्रा संस्कार भुल्दै जाँदा हाम्रा संस्कारले पनि हामीलाई रक्षा गर्न भुल्यौं । हामीले हाम्रो संस्कारलाई सम्झेको भए हाम्रो संस्कारले पनि हामीलाई रक्षा गर्न र बचाउन भुल्ने थिएन । जब हामीले हाम्रो सरकार माथि बेखबर बन्न खोज्यौं त्यसैको उपज हामी आज यतै डाउन, उतै डाउन र सबैतिर डाउनै डाउन देख्दैछौं र भोग्दैछौं ।
हामी आइपुग्यौं त्यो पनि हाम्रै गल्ती तथा कमजोरीको पराकाष्ठा नै हो । यदि हामीले हामीभित्रको जनशक्तिलाई बाहिरी कुनै पनि जनशक्तिबाट सम्पर्क विच्छेद गर्न सफल भएको भए हाम्रो देश ग्रीन जोनमा अवश्य पर्ने थियो । आफूलाई आफैलाई नियन्त्रण गर्न नसक्दा र आफूले आफैलाई स्याहार्न नसक्दा आजको हालतमा हामी पनि आइपुग्यौं ।
हाम्रा अति नै निकटका छिमेकी देश चीन तथा भारतबाट हुने प्रत्यक्ष वा अप्रत्यक्ष आवतजावतलाई पूर्णरूपले निषेध गर्न सकेको भए यहाँ कोही कसैलाई यो कोरोनाले छुने थिएन ।
हामी समयमा चनाखो हुन नसक्दा यो गति भोग्नु परेपनि अबको अवस्थालाई निकै संवेदनशील बनेर परिक्षणको दायरा फराकिलो पारेर बाहिरबाट भित्रिने जनशक्तिलाई पूर्णरूपले यसको नियम पालना गराएर संक्रमितहरूको स्वास्थ्यमा निकै ध्यान दिएर उपचार तथा रोकथाममा ध्यान दिने हो भने नेपालमा ठूलो भयावह हुनेवाला छैन ।
किनभने यो महिनाको १२ गतेबाट सूर्य आफैमा शक्तिशाली बन्दैछ । यसले पनि यो रोगको जीवाणुलाई कमजोर पार्नेछ । हामी नेपालीमा भएको कमजोर शक्ति पनि अबको समयमा बृद्धि हुँदै जानेछ । यो कोरोनाभाइरसको नियन्त्रणमा खटिएका जनशक्तिको पनि मनोबल उच्च हुँदै जानेछ ।
यसरी सबै तह र क्षेत्रबाट शक्तिको स्रोत बढ्दै गएपछि रोगले पक्कै पनि घुँडा टेक्ने नै छ ।
हामी सबैको चाहना र कामना के हो ? भने नेपालमा कोरोना भित्रिने साहस गरेता पनि यसले ठूलै जनधनको क्षति गर्ने दुस्साहस अवश्य गर्ने छैन । किनभने अब सबै प्रकारले समय अनुकूल बन्दैछ । नेपालमा कोरोनाको महामारीसँगै लकडाउनको पनि निकै दुरूपयोग भएको छ ।
यसलाई जतिबेला डाउन गर्नुपर्ने हो र कतिबेला अफ गर्नुपर्ने हो ? त्यो पनि थाहा भएन र त्यसरी प्रयोग पनि भएन । जसको कारण खुलडाउन हुने बेलामा लकडाउन भयो र लकडाउन हुने बेलामा खुलडाउन भयो । हामी नेपालीका लागि यो लकडाउन भन्ने नै देखाउनको लागि र जान्नको लागि भयो । रोगबाट बच्ने आशा र हेतुले लकडाउन भएन । लकडाउन भनेको के हो ?
सर्वसाधारण जनतालाई चेतनाको सूचना पनि भएन । हावाका भरमा यतै डाउन, उतै डाउन भएर सबैलाई भयवित बनाइरहेको बेला सबैले भन्ने र पुकार्ने कुरा के हो ?
भने जुन कारण र कारकले डाउन–डाउन–डाउन भएता पनि यस्तो डाउनै–डाउन बनाउने र पार्ने रोग कहिल्यै नआउन । आधुनिकताका नाममा छाडापनतर्फ जाँदा भोग्नुपर्ने नजिताको बोध सर्वत्र सकोस् सबैमा ज्ञान जागोस् ।
आधुनिकताका कुरा गर्दा पछिल्लो समयमा नेपालमा यति आधुनिकता बढेको छ कि जसको कुरा गरी नै साध्य छैन । एउटा सानो देशमा आफ्नै परम्परा र शैलीमा हावी हुनुपर्नेमा अर्काको नक्कल र देखासिकी गरेर अचम्म छ ।

मानिस आधुनिकसँगै अत्याधुनिक बन्न खोज्दा उसले आफ्नो गुण, विशेषता, चरित्र र कर्म भुल्दै गयो । मानविय कर्म र प्रकृतिको धर्मबीचको तादम्यता टुट्यो, फुट्यो, चक्र्यो र दक्र्यो । जसका कारण प्रकृतिले प्राणीलाई न्याय गर्न सकेन । प्रकृति मानव प्राणीकै कारण क्रुर बन्न बाध्य भयो र उसले मानव चेतनाका लागि सजाय दिने निश्चय गयो । जो आज हामी लकडाउन मनाएर यतै डाउन, देशै डाउन, बायाँ डाउन, दायाँ डाउन, यतै डाउन, उतै डाउन, तलै डाउन, माथि डाउन भएर बस्न बाध्य भएका छौं ।


हामी नेपाली, शुद्ध नेपाली बोल्न जान्दैनौं, हामी हिन्दू शुद्ध हिन्दूधर्म मान्न जान्दैनौँ । हामी बहादुर गोर्खे, देशका लागि लड्न र भिड्न जान्दैनौँ । हामी शान्तिकर्मी, शान्तिलाई अँगाल्न चाहन्नौँ । हामी दौरा सुरूवाल, पाइन्ट र टाई नलगाई मान्दैनौँ ।
हाम्रो गुन्यु, चोली र मजेत्रो, कुर्ता र सुरूवाल नलगाई हिड्न जान्दैनौँ । हामी हिमाली, पहाडी मधेसी, हिमाल, पहाड र मधेसको कथा र व्यथा जान्दैनौँ । हामी कर्मयोगी, किसान, हामीलाई खेतीपाति गर्न नै आउँदैन ।
हामी हरियो वनका धनी नागरिक, हाम्रा वनभित्रका जडीवुटीको नाम समेत जान्दैनौं । हामीलाई गाई, भैँसी, भेडा र बाख्रापालक, हामीलाई पशु चौपाया देख्ने वित्तिकै डर लाग्छ । हामी अग्र्यानिक खेतीपातिका शुत्रपाती, हामीलाई रासायनिक मल भएन भने पानीविनाको माछा बन्छौँ ।
हामी हरियो सागपात, सिन्की, गुन्द्रुक, सिस्नो र ढिडो खाने मान्छे, माछा, मासु र बर्गर पिजा चाख्दैमा आफ्नो शान बढाउने ईच्छा जागिरहन्छ । हामी सत्यको पुजारी, असत्यको खेती गर्न मन लागिरहन्छ । यसरी हामीमा आधुनिकता किन बढ्यो ? कसले बढायो ? यो बढ्ने प्रेरणा कहाँबाट प्राप्त भयो ? आज हामीलाई हाम्रै पोशाक लगाएर हिड्दा लाज मान्नुपर्ने अवस्था किन आयो ?
आज हामीले आफ्नै नेपाली भाषामा कुराकानी गर्दा अशिक्षित ठानिने र मानिने अवस्था किन आयो ? आज हामीले आफू नै देशको परम्परावादी खाना खादा दरिद्रताको घानमा जर्किनुपर्ने अवस्था किन आयो ?
आज हामी आफ्नै संस्कृति र परम्परावादी बन्दा असभ्यको घानमा हाल्नुपर्ने अवस्था किन आयो ? आज हामी आध्यात्मवादी बन्दा भौतिकवादले अत्याउने अवस्था किन आयो ? आज हामी आस्तीक बन्दा नास्तीकले लत्याउने अवस्था किन आयो ? आज हामी ईश्वरवादी बन्दा अनिश्वरको वादले धकेली रहने अवस्था किन आयो ? आज हामी धर्मी बन्छु भन्दा पापी बन्न सिकाउने प्रशिक्षक कहाँ बनेर आए ? हामीलाई आफ्नोपन किन बिरानो लाग्दैछ ?
हामीलाई नेपालीपन किन पछौटेपन लाग्दैछ ? आज हामीलाई आफ्नै अनुहार हेर्दापनि किन फिका लाग्दैछ ? आज हामी आफ्नै स्वरूप नियाल्दा पनि किन कुरूप लाग्दैछ ? आज हामीले हाम्रो देशको संस्कृति, परम्परा, रितिरिवाज, मूल्य, मानयता, आदर्श, सिद्धान्त, बैद्धिक,
सनातन, समाज, अवस्था, व्यवस्था, आचरण, चरित्र किन बदल्न जरूरी ठान्यौँ ? यसको उद्देश्य के हो ? यसको लक्ष्य के हो ? यसको पहुँच के हो ? यसको विस्तार के हो ? यसको फैलावट के हो ? के हामी पूर्वीय दर्शनलाई मान्ने र अँगााल्ने वित्तिकै पाखे र पंखमर बन्ने नै भयो त ?
हामी असभ्य बन्ने नै भयौँ त ? हामी विदेशीको पहुँचमा पुग्नै सक्ने भयौँ त ? हामी पश्चिम सभ्यतालाई पालना गर्नुपर्ने नै भयौ त ? हामी आफ्नै मौलिकतामा बाँच्नै नसक्ने भयौँ ? सोँचो के हो ? यथार्थ के हो ? सत्यता के हो ? राजनीतिक अवस्थामा एक देशदेखि अर्का देशको सम्बन्ध कुटनीतिक हिसावले सुमधुर बन्न जरूरी भएता पनि देशको धार्मिक,
आर्थिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक तथा पारम्परिक सिद्धान्त बदल्नै पर्ने भन्ने जरूरी के छ ? हामी हाम्रैपनमा रमाउन किन नसक्ने ? हामीमा बिग्रेको यो धारणा नसप्रदासम्म हाम्रो हालत पनि यथार्थ स्थिति भन्दा माथि उठेर जानेवाला छैन ।
पछिल्लो समयमा विश्वले भोगिरहेको र खेपीरहेको पीडादायी र दर्दनाक पीडा यसैको ज्वलन्त उदाहरण हो । मानिस बढी सुविधा भोगी र बढी आधुनिकतामा रमाउन थाल्यो । मानिस आधुनिकसँगै अत्याधुनिक बन्न खोज्दा उसले आफ्नो गुण, विशेषता, चरित्र र कर्म भुल्दै गयो । मानवीय कर्म र प्रकृतिको धर्मबीचको तादम्यता टुट्यो, फुट्यो, चक्र्यो र दक्र्यो । जसका कारण प्रकृतिले प्राणीलाई न्याय गर्न सकेन ।
प्रकृति मानव प्राणीकै कारण क्रुर बन्न बाध्य भयो र उसले मानव चेतनाका लागि सजाय दिने निश्चय गयो । जो आज हामी लकडाउन मनाएर यतै डाउन, देशै डाउन, बायाँ डाउन, दायाँ डाउन, यतै डाउन, उतै डाउन, तलै डाउन, माथि डाउन भएर बस्न बाध्य भएका छौँ ।
यो डाउन बेला–समय र चक्रले नियन्त्रण हुँदै जाला र हामी यसबाट मुक्त पनि हौंला तर हामीले सदाका लागि सिक्ने, जान्ने पाठ र शिक्षा के हो त ? 
हामी ठीक पोजिसनमा रहनेछौँ भन्ने कुरा प्रमाणित भईसकेपछि अब हामीले हाम्रो पोजिसन पुरानैतर्फ मोड्ने कि नमोड्ने ? हामीले दुःख त पायौँ तर पनि हामी देख्न नजानेको, सुन्न नजानेको र बुझ्न नजानेको कारणलाई पहिल्याउन सकेनौँ ।
त्यसैले त यो लकडाउन कुन बेला गर्न सक्नुपथ्र्यो र कुन बेला फुकाउनु पथ्र्यो ? भन्ने समेत हामीलाई थाहै भएन । हाम्रो देश आफैमा सञ्जीवनी–बुटी धारण गरेको एक आयुर्वेदिक पद्धति र सिद्धान्तमा आधारित देश हो ।
हामीले हाम्रा देशका अमुल्य जडीबुटी चिन्दै जाने, जान्दै जाने र मान्दै जाने र हामीले हाम्रो नेपालीपन र नेपाली भूमि–माटोलाई समेत जानेर आफ्नो पहिचानमा अडिक हुँदै जाने हो भने पक्कै पनि भोलिका दिनहरू आजका जस्ता हुने छैनन् । आजको अवस्थामा जसरी आफ्नै घरलाई कालो कोठारो बनाउँदै लुक्दै, छिप्दै, आतिदै र तोपिदै बस्नु परेको छ ।
त्यो अवस्था आगामी दिनहरूमा कहिल्यै नआवस् भनेर कामना र प्रार्थना गर्नुअघि एकपटक आफ्नो हात आफ्नै छातीमाथि राखेर भनौँ– ‘हामी हाम्रैपनलाई अँगाल्छौँ र नेपाली धर्म र कर्मलाई सम्हाल्छौँ ।’ हाम्रो असर चरित्र नै हाम्रो पवित्र शरीर हो । अब हाम्रा अगाडी यस्ता रोगै नआउने वातावरण सिर्जना गरौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here