- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsव्यवसायीहरू बीच छलफल

व्यवसायीहरू बीच छलफल

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १८ असार । समुदायमा कोरोनाभाइरसको जोखिम बढ्दै गईरहेको छ । कोरोना संक्रमण र संक्रमितहरूको संख्या बढ्दै जाँदा विभिन्न सुरक्षा तथा सावधानीहरू अपनाइएको छ । भिडभाड धेरै हुने ठाउँहरूमा जोखिम बढ्न सक्ने भन्दै जिल्लाका मुख्य बजार आधा समयसम्म मात्र सञ्चालन हुने गरेका छन् ।
जोखिम कम गर्नका लागि भिडभाड हुने बजार क्षेत्रलाई पूर्णरूपमा बन्द गर्नुपर्ने भएपछि तुलसीपुरका व्यवसायीहरूले भने बजार खोल्न पाउनुपर्ने माग गरेका छन् । सुरक्षा व्यवस्थापनमा ध्यान दिदा पनि कोरोना जोखिम बढ्दै गएको समयमा व्यवसायीहरू साँझ ५ बजेसम्म बजार खोल्न पाउनुपर्ने भन्दै उद्योग वाणिज्य संघ, स्थानीय सरकार र प्रशासनसँग माग गरेका छन् ।
आर्थिक वर्षको अन्तिममा व्यवसाय कारोवार धेरै हुने भएकाले सहज वातावरणमा बजार खोल्न पाउनुपर्ने बताएका छन् । यसर्थ बजार खोल्ने विषयमा बुधबार व्यवसायी, उद्योग वाणिज्य संघ, स्थानीयतह र प्रशासन निकायसँग दुईवटा राउण्ड टेवल सञ्चालन गरिएको छ ।
बुधबार सञ्चालन गरिएको राउण्ड टेबलमा सहजरूपमा बजार सञ्चालन गर्न पाउनुपर्ने भन्दै व्यवसायीहरूले स्थानीय सरकार र स्थानीय प्रशासनसँग आग्रह गरेका छन् ।
छलफलमा उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले संक्रमण फैलिदै गएमा बजार पूर्णरूपमा शिल गर्नुपर्ने बताए । अवस्था जटिल बन्दै जाँदा बजार, बैंक, विद्युत र आन्तरिक राजस्व कार्यालयसमेत शिल हुने भन्दै उनले बजार खोल्ने वा बन्द गर्ने भन्ने विषयमा टुङ्गो लगाउन नसकिने उनले बताए ।
‘अवस्था हरेर सबै कार्यालय शिल गरिनुपर्दछ’ उनले भने– ‘अन्यथा व्यापार मात्रै बन्द गरेर वा सञ्चालन गरेर कुनै अर्थ छैन ।’
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनकप्रसाद खरालले आफू कुनैपनि पक्षमा बजार बन्द गर्नुपर्दछ भन्नेमा नरहेको बताए । उनले स्थानीय सरकार र प्रशासनले असार मसान्तसम्म पनि बजारलाई खुल्न नदिए व्यवसायीहरू सडकमै आउन सक्ने चेतावनी दिए ।
वाणिज्य संघ निवर्तमान अध्यक्ष विमल रिजालले कोभिड–१९ परास्त गर्दै असार मसान्तसम्म बजार सञ्चालन गराउनुपर्ने बताए । दैनिक मध्यान्ह १२ बजेसम्म बजार सञ्चालन हुँदै आएको भन्दै अब साँझ ५ बजेसम्म सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
‘कोरोनाको संक्रमणबाट जोगिएर व्यापार, व्यवसाय सञ्चालन गर्नुपर्दछ’ उनले भने– ‘किनकि असार मसान्तलाई हामीले जसरी पनि सहजरूपमा धकेल्नु छ ।’
तुलसीपुर चेम्वर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्तीले, युवा व्यवसायी दामोदर भण्डारीलगायतले मध्यान्हसम्म मात्र बजार खोल्नुभन्दा दिनभर बजार खोल्दा भिडभाड कम हुने उनको भनाइ छ ।
सामाजिक दूरी कायम गर्दै साँझ ५ बजेसम्म बजार सञ्चालन गरे सहज र जोखिम कम हुने उनले बताए । साथै अब यो र ऊ संगठनका नाममा एकले अर्कोलाई बदनाम गर्ने अभ्यासको अन्त्य हुने बताए ।
तुलसीपुर उपमहानगर–पालिकाले बजार खोल्ने विषयमा ठोस निर्णय गरेको छैन । जोखिम बढ्दै गएको भन्दै उमहानगरले तत्काल बजार खोल्ने विषयमा कुनैपनि निर्णय गर्न नसकिने बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here