- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरछोरामाथि खुकुरी प्रहार

छोरामाथि खुकुरी प्रहार

- Advertisement -spot_img

प्रदेश टुडे
दंगीशरण, १८ असार । पश्चिम दाङमा बुवाले आफ्नै छोरामाथि खुकुरी प्रहार गरेका छन् । दंगीशरण गाउँपालिका वडा नं ५ चौवस्ता निवासी ४६ वर्षीय खुशीराम चौधरीले २७ वर्षीय छोरा श्रीप्रसाद चौधरीलाई खुकुरी प्रहार गरेका छन् ।
मंगलबार राति सामान्य घरायसी विवाद कारण छोरामाथि खुशीरामले खुकुरी प्रहार गरेको ५ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार वैद्यवारले जानकारी दिए ।
खुकुरी प्रहारबाट बायाँ हातमा गहिरो चोट लागि बेहोस अवस्थामा रहेका श्रीप्रसादको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । खुकुरी प्रहार गर्ने खुशीरामलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

श्रीमानको हत्या

यसैगरी रूकुम पूर्वमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जिल्लाको सिस्ने गाउँपालिका वडा नं २ निवासी रेश्मा विकको चिर्पट प्रहारबाट उनका श्रीमान २६ वर्षीय विछोड विकको मृत्यु भएको हो । मंगलबार राति पारिवारीक विवादका कारण रेश्माले चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रवक्ता दिनेश गुरूङले जानकारी दिए ।
चिर्पट प्रहारबाट टाउको, नाक, कान र मुखमा गहिरो चोट लागेको थियो । रातको समयमा घटना भएको हुँदा अत्याधिक रक्तश्रावका कारण उनको मृत्यु भएको हुनसक्ने उनले बताए । चिर्पट प्रहार गरी हत्या गर्ने रेश्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here