- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरसवारी दुर्घटनामा परी घाइते

सवारी दुर्घटनामा परी घाइते

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १८ असार । दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चारजना घाइते भएका छन् । मंगलबार राति घोराही उपमहानगर–पालिका वडा नं. १९ दुईखोलीमा टिप्पर दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।
रोल्पाबाट चुनढुङ्गा बोकेर घोराही जाँदै गरेको रा १ ख १३५४ नम्वरको टिप्पर सडकदेखि ५० मिटर तल खस्दा टिप्पर चालक र सहचालक र टिप्परमा सवार गरी तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नं. १३ निवासी ३४ वर्षीय मनु पुन, सहचालक तुलसीपुर उपमहानगर–पालिका वडा नं १८ निवासी १९ वर्षीय रेकबहादुर पुन घाइते भएका छन् ।
दुर्घटनामा परी टिप्परमा सवार घोराही उपमहानगरपालिका वडा नं १९ निवासी २५ वर्षीय श्रीधर विक घाइते भएका छन् । घाइते सबैको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यसैगरी मोटरसाइकलको ठक्करबाट एकजना घाइते भएका छन् । बुधबार घोराही उपमहानगर–पालिका वडा नं १७ कटुवाखोलामा रा ५ प ३४०२ नम्वरको मोटरसाइकलले ठक्कर दिदा साइकल सवार वडा नं १७ नवलपुर निवासी २० वर्षीय सुरज चौधरी घाइते भएका हुन् ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका चौधरीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । मोटरसाइकल चालक, मोटरसाइकल र साइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here