- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरप्रजातान्त्रिक सम्पर्क महासंघ कार्यसमिति गठन

प्रजातान्त्रिक सम्पर्क महासंघ कार्यसमिति गठन

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १८ असार । नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ जिल्ला कार्यसमिति गठन भएको छ । महेन्द्र बहुमुखी क्यापम्स दाङका प्राध्यापक प्रकाश श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको उक्त संस्थाले पार्टी संगठनलाई बलियो र सजग बनाउने अध्यक्ष श्रेष्ठले बताएका छन् । नवगठित समितिमा विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरूको सहभागिता रहेको छ । समितिको उपाध्यक्षमा बसुन्धरा गौतम, सचिवमा शिशिर अधिकारी, सहसचिवमा जागेश्वर खड्का र कोषाध्यक्षमा सरोज शाह छन् ।
यसैगरी समितिको सदस्यहरूमा डा. चेत नारायण पाण्डे, विलोचन चौधरी, जानुका केसी, ज्ञानबहादुर रायमाझी, विवेक खड्का, दलबहादुर थापा, चित्रबहादुर नेपाली, नारायण डाँगी, शुष्मा चन्द, खड्गबहादुर थापा, हरिबहादुर कुँवर र जवरूद्दिन राइन रहेका छन् ।
यसैगरी समितिको सल्लहाकारमा नेपाली कांग्रेस दाङका जिल्ला सभापति कीर्तिबहादुर खड्का, डा अर्जुन बुढाथोकी र नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेललाई चयन गरिएको छ ।
सल्लाहकार समिति सात सदस्य रहने र उक्त समितिमा अन्य सदस्य थप गर्ने पनि बैठकले निर्णय गरेको छ । नवगठित समितिको बसेको पहिलो बैठकले नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघको केन्द्रीय समितिलाई धन्यवाद दिएको छ । यस्तै बैठकले संस्थाको क्षेत्रीय समिति, नगर र वडा समिति गठन गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले कोभिड–१९ को संक्रमणका कारण ज्यान गुमाएका स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति समवेदना व्यक्त गरेको छ । साथै बिरामीको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
यस्तै बैठकले शान्तिनगर गाउँपालीका वडा नं. २ का वडा अध्यक्ष फर्साराम डाँगीमाथि भएको सांघातिक हमलाको घटनाको निन्दा गर्दै शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कार्यक्रमको सहजीकरण नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ जिल्ला कार्यसमिति दाङका सचिव शिशिर अधिकारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here