- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयनयाँ वनको विकास

नयाँ वनको विकास

- Advertisement -spot_img

“हरियो वन, नेपालको धन” नेपाली टुक्का प्रचलनमा आएको धेरै भयो । वनबाट सबै हिसावले मनग्य आमदानी लिने हुँदा यो युक्ती सान्दर्भिक नै छ ।
वनबाट हुने आम्दानीलाई जीविकोपार्जनसँग जोड्न सक्दा अझै यसको महत्व अझ बढिरहेको छ । अनि मात्रै हरियो वन नेपालको धन भन्नुको अर्थ पनि रहन्छ । जनसंख्याको वृद्धिसँगै वन क्षेत्र मासिदै गएको छ ।
जसका कारण मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा असर पर्ने गरेको छ । वन क्षेत्र मासिदै गएको अवस्थामा दाङमा भने हरेक वर्ष खाली रहेको जग्गामा वृक्षारोपण गर्ने अभियान चल्ने गरेको छ । यो वर्ष पनि यो अभियानले प्राथमिकता पाइरहेको छ ।
यसवर्ष पनि करिब साढे ४ लाख बिरूवा रोप्ने तयारी गरिएको छ । ति मध्ये कतिपय विरूवा रोपिएको छ भने कतिपय रोप्ने तयारी छ । वनलाई आर्थिकोपार्जनसँग जोड्नका लागि जिल्लामा पछिल्लो समय छिट्टै आम्दानी दिने किसिमका बिरूवाहरू नगदेबालीहरू रोप्नेक्रम बढिरहेको छ । आर्थिक उपार्जन गर्ने किसिमका विरूवाहरू टिमुर, सुगन्ध कोकिला, कागतीलगायतका प्रजातिका विरूवाहरू गाउँ–गाउँसम्म पुगेका छन् ।
अहिले बगर र उजाड डाँडापाखा रूखले भरिन थालेका छन् । खाली जग्गामा वृक्षारोपण हुन थालेपछि जिल्लामा यो अवस्था देखिन थालेको छ । एकातिर खाली जग्गा हराभरा हुने, अर्कोतिर मानिसहरू ति विरूवाबाट प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिने गरेका छन् ।
जिल्लामा वन कार्यालयको सक्रियतामा व्यक्तिका खाली जग्गामा पनि वृक्षारोपण गर्न थालिएको छ । हरेक वर्ष थालिने अभियानले नागरिकलाई पनि विरूवा रोप्नुपर्ने बोध गराएको छ । नयाँ विरूवा थपिदै जान थालेपछि वनले नागरिकलाई आर्थिक सवलीकरणमा भूमिका खेल्ने गर्दछन् ।
यसवर्ष जिल्लाका पहाडी क्षेत्रमा टिमुर प्रजातिका विरूवा रोप्न थालेपछि स्थानीय उपभोक्ताहरू पनि उत्साहित भएका छन् । टिमुर यस वर्षमात्रै एक लाख रोप्ने लक्ष्य राखिएको छ । जसले गर्दा विरूवाको संरक्षण हुनसक्यो भने यसबाट भोलिका दिनमा राम्रो आम्दानी लिन सक्ने छन् । यो अभियानले नागरिकलाई समृद्धिसँग जोड्ने छ ।
डिभिजन वन कार्यालय दाङले टिमुरसँगै अमला, तेजपात, कुरिलोलगायतका उपभोक्ताको मागको आधारमा वितरण गर्ने पनि लक्ष्य राखेको छ । नागरिकलाई वनसँग जोडेर गर्ने काम प्रशंसनीय नै छन् । अहिले थालेको अभियानले पनि राम्रो गरेको छ । यसमा वन समूह, उपभोक्ता सबैको सहयोगको खाँचो छ ।
होइन भने विरूवा रोप्ने तर संरक्षण नहुने हो भने रोप्नुको मात्र अर्थ छैन् । नाङ्गा डाँडादेखि खाली बगरमा बिरूवा रोपेर हराभरा बनाउन सकियो भने नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा आर्थिक रूपमा जोड्न सकिन्छ । बढ्दै गएको जनसंख्याले वातावरणमा पर्दै गएको असलाई पनि न्यूनीकरण गर्न सहयोग पुग्ने छ । यस्ता अभियानले निरन्तरता पाउनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here