- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsवडा अध्यक्ष आक्रमण आरोपमा तीन जना पक्राउ

वडा अध्यक्ष आक्रमण आरोपमा तीन जना पक्राउ

- Advertisement -spot_img


दाङ ।
दाङको शान्तिनगर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष फर्साराम डाँगीलाई कार्यकक्षमै पुगेर साङगातिक आक्रमण गरेको आरोपमा तीनजनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दाङले घटना भएको २४ घण्टा नवित्दै तीन जना आरोपीलाई पक्राउ गरेको हो ।
शान्तिनगर गाउँपालिका ४ स्थानीय घर भई तुलसीपुर उपमहानगरपालिका ५ मासुमार्केटमा बस्ने गर्ने वर्ष २९को अर्जुन शाही, शान्तिनगर २ सिवसुन्दर पुर मा ५१ वर्षका इन्द्र बहादुर वली र शान्तिनगर ३ भलानेटीका रेशम बहादुर विकलाई पक्राउ गरि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए । तीन जनालाई अदालतबाट म्यादथप गरि अनुसन्धान गरिने भएको छ ।
वडा अध्यक्षकोटाउँ, हात, खुट्टामा गम्भीर चोट लागेको छ । उनको अहिले काठमाडौमा उपचार भइरहेको छ । राप्ती पा्रदेशीक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि डाँगीलाई हेलिकप्टर चार्टर गरेर काठमाडौ लगिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here