- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsशिक्षामा वैकल्पिक माध्यमको खोजी

शिक्षामा वैकल्पिक माध्यमको खोजी

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १७ असार । दाङका स्थानीय पालिकाहरूले कोरोना महामारीको समयलाई मध्यनजर गरेर वैकल्पिक शिक्षा आवश्यक भएको बताएका छन् ।
पालिकाहरूले आ–आफ्नो तरिका शिक्षण गतिविधि सञ्चालन गरेपनि प्रभावकारी वैकल्पिक नीति आवश्यक रहेको निष्कर्ष निकालेका हुन् । जिल्लाका शिक्षा सरोकारहरूसहितको भर्चुअल संवादमा विद्यालय शिक्षामा वैकल्पिक माध्यमको खोजी गरिएको हो ।
क्षेत्र, भूगोल, विकटता, विद्युत, सञ्चारमाध्यमको पहुँच, विपन्नताका कारण वैकल्पिक शिक्षण सिकाइमध्ये कोरोना भाइरसको त्रास र जोखिममा रेडियो, टेलिभिजन,
भर्चुअल, घुम्ती कक्षा, अवस्थालाई विश्लेषण गरी सामाजिक दूरी कायम गरी विद्यालयमा कक्षा सञ्चालन भईरहेको भए पनि त्यति प्रभावकारी नभएको बताएका छन् ।
जिल्लाका पालिकाहरूको आफ्नै विशेष भएकाले एउटै खालको मोडेलभन्दा पनि भूगोल, उपलब्धता, परिस्थितिअनुसार फरक–फरक नीति अबलम्वन गर्नुपर्ने शिक्षा सरोकारवालाहरूले बताए । ‘यो सामान्य अवस्थाको जस्तो होइन,
वैकल्पिक शिक्षण सिकाइ भनेको विद्यार्थीहरूलाई पढ्ने बानीको निरन्तरता हो’ शिक्षाविद् तथा पूर्वशिक्षा सहसचिव विष्णुकुमार देवकोटाले भने, ‘यहि अवस्थामा परम्परागत शिक्षण पद्धति फेरेर वैकल्पिक सरल प्रविधिमा जाउ ।’ बालबालिकालाई पढाउने भन्दा पढने वातावरण बनाउ उनले भने ।
संवाद समूहले मंगलबार गरेको ‘वैकल्पिक शिक्षण सिकाइ, पहुँच र प्रभावकारिता विषयक’ भर्चुअल संवादमा १० वटा स्थानीयतहको भौगोलिक, आर्थिक, सामाजिक, साँस्कृतिकलगायतका अवस्था भिन्न भएकोले त्यहि अनुसार शैक्षिक क्रियाकलाप बढाउनुपर्ने सहभागीहरूले बताएका थिए ।
दाङमा अहिले विद्यार्थीहरूका तर ४ प्रतिशत इन्टरनेट, ८० प्रतिशत रेडियोमा पहुँच र १६ प्रतिशत अन्य माध्यमको पहँुच भएको पाइएको छ ।
त्यहि कारणले पनि दाङमा अवस्था र आवश्यकतालाई मध्यनजरलाई प्राथमिकरण गरी कक्षा सञ्चालन गर्नुपर्ने तुलसीपुर उपमहानगरपािलकाका शिक्षा शाखा प्रमुख भाष्कर गौतमले बताए ।
संवादमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवमणि चौधरी तथा राष्ट्रिय परीक्षा बोर्ड दाङका प्रमुख रामलाल खड्काले पठनपाठनलाई निरन्तरता दिन विभिन्न माध्यम र प्रक्रिया पालिकास्तरमा सञ्चालन भएको बताए ।
‘स्थानीय सरकाकै पहलमा केही प्रयास भएका छन्,’ उनीहरूले भने, ‘त्यसको प्रभावकारितालाई अब महत्व दिनुपर्छ ।’
शिक्षक महासंघ दाङका अध्यक्ष अमर बहादुर खड्काले वैकल्पिक शिक्षाको अवधारणा ल्याउँदा शिक्षाको भावना पनि बुझेर पनि खटनपटन गरिनुपर्ने बताए । अहिले पनि थुप्रै प्रयास भएका छन्, तर उपयोगिता सीमित भयो, यसलाई सबैसामु पु¥याउन उनले भने ।
घोराही उपमहानगर–पालिकाका शिक्षा शाखा प्रमुख विनोद गौतम, लमहीका शिक्षा प्रमुख रविन्द्र क्षेत्री, बबई गाउँपालिका शिक्षा प्रमुख मोहन दाहाल, शान्तिनगर गाउँपालिका शिक्षा प्रमुख घनश्याम वली, दंगीशरण गाउँपालिकाका शिक्षा विनोद अधिकारी,
गढवाका शिक्षा प्रमुख श्याम बहादुर विक, राजपुरका शिक्षा प्रमुख केशव लम्साल, राप्ती गाउँपालिकाका शिक्षा प्रमुख विश्वास विक र बंगलाचुलीका शिक्षा प्रमुख ज्ञानेन्द्र ढकालले वैकल्पिक शिक्षण सिकाइको पहँुच र प्रभावकारिताका बारेमा जानकारी दिएका थिए ।
त्यस्तै, प्याब्सन दाङका उपाध्यक्ष बिजय जिएम, एन प्याब्सन दाङका अध्यक्ष बिमल गौतम, शिक्षक अभिभावक संंघका जिल्ला अध्यक्ष रूद्रमणि शर्मा, शिक्षा पत्रकार समूहका संयोजक गोपाल शर्मा भट्टराई, शिक्षिका सरीता देवकोटा,
भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गरेका शिक्षक भीमलाल मरासिनी, रेडियोको माध्यमबाट कक्षा सञ्चालन गरिरहेका शिक्षक निर्मल नेपाली, भर्चुअल कक्षामा सहभागी विद्यार्थीका अभिभावक लमहीका सपना पाण्डे, ज्ञानदिप तुलसीुपुरमा अध्ययनरत अरूण रजौरेले भर्चुअल मार्फत गरिएको संवादमा थिए । संवादको सहजीकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गरेका थिए ।
मुलुकमा भएका विभिन्न किसिमका द्वन्द्वको ब्यवस्थापन र रूपान्तरणमा संवाद गराउँदै आएको संवाद समूहले गत चैतबाट शुरू भएको लकडाउनदेखि कोरोनाभाइरस संक्रमणबाट बच्न र बचाउने उपायको खोजीमा विभिन्न पक्षसँग संवाद गराउँदै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here