- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsकार्यकक्षमै वडा अध्यक्षलाई आक्रमण

कार्यकक्षमै वडा अध्यक्षलाई आक्रमण

- Advertisement -spot_img

प्रदेश टुडे
शान्तिनगर, १७ असार । दाङको शान्तिनगर गाउँपालिकाका वडा नं. २ का वडा अध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै मंगलबार आक्रमण भएको छ । मंगलबार बिहान साढे ११ बजे वडा शान्तिनगर गाउँपालिका २ नम्बर वडाका वडा अध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै ५/७ जनाको समूह आएर रड र लाठी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । उनको टाउको र हातमा गम्भीर चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमित खड्काले वडा अध्यक्ष डाँगीको टाउको र हातमा गहिरो चोट लागेको बताए । उनले वडा अध्यक्षलाई आक्रमण गर्नेहरूको खोजी तीव्र पारिएको बताए ।
प्रवक्ता खड्काले घटनास्थलमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको पर्चा भेटिएको आक्रमण उनैहरूबाट भएको हुन सक्ने बताए । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको गाउँपालिकका प्रवक्ता रवि बुढाथोकीले जानकारी दिए ।
यसैबीच वडा अध्यक्ष डाँगीमाथि कार्यकक्षमै भएको आक्रमणको नेपाली कांग्रेस दाङले भत्र्सना गरेको छ । घाइते डाँगीको अवस्था बुझ्न राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुगेका कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का,
क्षेत्रीय सभापति जगतबहादुर खड्काले घटनाका दोषीहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे । ‘यो त राज्यविहीन अवस्थाजस्तै भयो’ सभापति खड्काले भने, ‘कार्यकक्षमै जनप्रतिनिधिमाथि भएको आक्रमणको जति निन्दा गरे पनि पुग्दैन ।’ यस्ता गतिविधिलाई प्रशासनले निस्तेज पार्नुप¥यो ।

विप्लव नेकपाले लियो जिम्मा

आक्रमणको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको छ । नेकपाका शान्तिनगर गाउँपालिका सेक्रेटरी कमल सिंहले आक्रमणको जिम्मा लिएका हुन् । वडा अध्यक्ष डाँगीलाई विभिन्न सातवटा आरोप लगाउँदै जनताको माग अनुसार पहिलो चरणको सामाजिक कारवाही गरिएको सिंहले जारी गरेको वक्तब्यमा उल्लेख गरिएको छ ।
विभिन्न व्यक्तिहरूलाई कुटपिट गरेको, गुण्डागर्दी गरेर, समाजमा सामाजिक विकृति फैलाएको, जुवातास खेल्ने खेलाउने गरेको, आस्थाका आधारमा जनतालाई सेवा दिएको, भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here