- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरदाङमा पनि सलह किरा प्रवेश

दाङमा पनि सलह किरा प्रवेश

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १६ असार । बालीनालीमा नोक्सान पु¥याउने सलह किरा दाङमा पनि प्रवेश गरेको छ । माहुरीको हुल जस्तै दाङको आकाशमा उडिरहेको छ ।
प्रदेश २ र प्रदेश ५ का विभिन्न जिल्लाबाट नेपाल प्रवेश गरेको सलह किराको झुण्ड दाङमा प्रवेश गरेको हो । सलह किरा दाङमा प्रवेश गरेपछि हेर्न र धपाउन स्थानीय सक्रिय रहेका छन् ।
पाकिस्तान हँुदै भारत भएर नेपाल प्रवेश गरेको सलह किराले बालीनालीमा नष्ट गर्ने भन्दै सचेत रहन कृषकहरूलाई आग्रह गरिएको छ । सलह किरा नेपाल प्रवेश गरेसँगै कृषि मन्त्रालयले विज्ञ टोलीलाई सक्रिय गराएको छ ।
यस्तै प्रदेश नम्बर ५ को सरकारले सलह किरा छोपेर बुझाएमा प्रतिकिलो २० रूपैयाँ दिने घोषणा गरेको छ । कृषि ज्ञान केन्द्र दाङले धुवाँ धुलो उडाउन, ड्रम, थाली बजाउन र अन्य विकल्प निकाल्न आग्रह गरेको छ । फट्यांग्रा प्रजातीको सलह धेरै संख्या रहने गर्दछ ।
धेरै समूहमा रहने भएपछि यसले मकै, धानलगायत अन्य खेतीमा समेत नोक्सान गर्ने गर्दछ । दाङमा तीन झुण्डमा रहेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जानकारी दिए ।
अहिलेसम्म नेपालका २४ जिल्लामा सलह किराले प्रवेश गरेको छ । नेपालका रौतहट, पर्सा, बारा, सर्लाही, महोत्तरी, मकवानपुर, सिन्धुली, चितवनमा प्रवेश गरेको छ । सलह किरा फैलिने क्रम अहिले पनि जारी रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here