- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-news४७ हजार फलफूलका विरूवा वितरण

४७ हजार फलफूलका विरूवा वितरण

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १७ असार । किसानहरूलाई फलफूल व्यवसायमा लगाउन भू तथा जलाधार व्यवस्था कार्यालय दाङले प्रदेश नं. ५ का ६ जिल्लामा ४७ हजार फलफूलका विरूवा वितरण गरेको छ । कृषकहरूलाई आयआर्जनमा लैजान र व्यवसायीक फलफूल खेतीका लागि सेवा क्षेत्रका किसानहरूलाई समूहगत रूपमा फलफूलका विरूवा वितरण गरिएको कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
६ जिल्लाका लागि करिब २१ लाख बराबरका विरूवा खरिद गरी वितरण गरिएको हो । प्रदेश नं. ५ का ६ जिल्ला दाङ, बाँके, बर्दिया, प्यूठान, रोल्पा र रूकुम पूर्वका बस्तीहरूका लागि आँप, लिची र कागतीका विरूवा वितरण गरिएको कार्यालय सवइन्जिनियर केशव खत्रीले बताए ।
कार्यालयको कार्यक्षेत्रअन्तर्गत पर्ने दाङ, बाँके, बर्दिया, प्यूठान, रोल्पा र रूकुम पूर्वमा गरी ४६ हजार ८ सय ४५ वटा फलफूलका विरूवा वितरण गरिएको उनले जानकारी दिए ।
असार १३ देखि १६ गतेसम्म कार्यालयले समूहगत रूपमा सम्बन्धित स्थानमा नै पुगेर विरूवा वितरण गरेको छ । कार्यालयले दाङका किसानहरूलाई ९ हजार ७ सय ५५ वटा विरूवा वितरण गरेको छ  । जसमा २ हजार ५ सय आँप, ५ सय लिची, ६ हजार ७ सय ५५ कागतीका विरूवा गरेका छन् ।
बाँकेमा २ हजार २ सय आँप, ५ सय लिची र ७ हजार ६ सय ९५ कागती गरी जम्मा १० हजार ३ सय ९५ विरूवा वितरण गरेको छ । बर्दियामा सोहि संख्यामा आँप, लिची र कागतीका विरूवा वितरण गरेको सवइन्जिनियर खत्रीले बताए ।
व्यवस्था कार्यालयले प्यूठानका लागि २ हजार २ सय आँप, १ हजार लिची र २ हजार ६ सय कागती गरी जम्मा ५ हजार ६ सय विरूवा वितरण गरेको छ । रोल्पामा १ हजार ९ सय आँप, ५ सय लिची र ५ हजार १ सय कागती गरी ७ हजार ५ सय विरूवा किसानहरूलाई उपलब्ध गराइएको छ भने रूकुम पूर्व जिल्लामा ३ हजार कागतीका विरूवा वितरण गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here