- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरमावि बनगाउँको भवन निर्माण

मावि बनगाउँको भवन निर्माण

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १७ असार । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले मावि सेवार बनगाउँमा भवन निर्माण सुरु गरेको छ । केन्द्रले घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाउँमा हल कोठाको निर्माण थालेको हो ।
संस्थाको लगानीमा विद्यालयमा हल निर्माण गर्न लागेको केन्द्रका संस्थापक अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक विमला योगीले जानकारी दिइन् ।
विद्यालयमा सञ्चालन हुने कार्यक्रम, अन्तरक्रिया र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न सहजता प्रदान गर्ने उद्देश्यले सभाहल भवन निर्माण गर्न लागेको उनले बताइन् । केन्द्र र जीवनका लागि एक डलरको लगानीमा हल भवनको निर्माण भईरहेको उनले बताइन् ।
‘विद्यालयमा हलको आवश्यकता पर्ने गर्दछ’ उनले भनिन्– ‘हल निर्माण भएपछि विद्यालयलाई विभिन्न कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेछ ।’
करिब १२ लाखको लगानीमा भवन निर्माण गर्न लागिएको उनले जानकारी दिइन् । यसका साथै सामुदायिक केन्द्रले विद्यार्थीहरुलाई स्वच्छ खानेपानीको सुविधा प्रदान गर्नका लागि आधुनिक खानेपानी मेसिन जडान गरिने जानकारी दिइन् ।
असार मसान्तसम्ममा निर्माणको काम पूरा हुने केन्द्रका सामाजिक विकास अधिकृत एवं भवन निर्माण समितिका सदस्य सचिव लक्ष्मी गुप्ताले बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here