- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरसल्यानमा थप १७ जनामा कोरोना

सल्यानमा थप १७ जनामा कोरोना

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, १७ असार । सल्यान मंगलबार थप १८ जनामा कोरोना संक्रमित थपिएका छन् । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा बनगाड कुपिण्डे नगरपालिकाका १५ जना, बागचौर नगरपालिका २ जनामा कोरोना पुष्टि भएको डा अर्जुन बुढाले जनाएका छन् ।
भानुभक्त प्राथमिक विद्यालय खनिया खर्कको क्वारेन्टाइनका २१ र बनगाड क्याम्पसको क्वारेन्टाइनमा रहेका १९ गरी ४० जनाको स्वाव संकलन गरिएको मध्ये १५ जना र बागचौर नगरपालिका २ जना कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।
सोमबार दार्मा गाउँपालिकाका दुई कर्मचारीसहित पाँचजनामा कोरोना पुष्टि भएको थियो । कर्मचारीमा कोरोना संक्रमण भएसँगै दार्मा गाउँपालिकाका सम्पूर्ण कामकाज स्थगित भएका छन् । 

२०७ संक्रमित

मंगलबार १७ जना थपिएसँगै सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ७ पुगेको छ । सबैभन्दा धैरै बनगाड कपिण्डे नगरपालिकाका १ सय ४९ जना रहेका छन् ।
भारतबाट मात्र उक्त नगरपालिकामा झन्डै २ हजार ५ सय भित्रिएका छन् । शारदा नगरपालिकामा ३, बागचौर नगरपालिकाका ११, कुमाख गाउँपालिकाका १८, सिद्धकुमाख गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै त्रिवेणी गाउँपालिकाका ५, कपुरकोट गाउँपालिकाका १, कालिमाटी गाउँपालिकाका २, दार्मा गाउँपालिकाका १४ र सल्यान अस्पतालमा १ जना गरी २ सय ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताए ।

५५ जना आइसोलेसनमा

सल्यानमा कोरोना संक्रमितमध्ये हालसम्म १ सय ५२ जना निको भएर घर फर्किसकेका छन् । हाल सल्यान अस्पतालमा १, आइसोलेसन लुहापिङमा ३०, दार्मा आइसोलेसनमा ५ र प्रभाकर मावि देवस्थल बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा १९ जनाको उपचार भइरहेको छ । उपचारमा रहेका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको बुढाको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here