- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरबजार खोल्न पाउने पर्ने माग

बजार खोल्न पाउने पर्ने माग

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १६ असार । तुलसीपुरका व्यवसायीहरुले पूर्णरुपमा बजार खोल्नु पर्ने बताएका छन् । लामो समयको लकडाउनले व्यापार, व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै व्यवसायीहरुले बेलुका ५ बजेसम्म पसल खोल्न पाउनुपर्ने बताएका हुन् ।
व्यवसायीहरु असार मसान्तको चपेटामा परेको भन्दै बजार खोल्ने विषयमा उद्योग वाणिज्य संघ र स्थानीय सरकारले तत्काल ठोस निर्णय गर्न अनुरोधसमेत गरेका छन् ।
व्यवसायीहरुले बेलुका ५ बजेसम्म पसल खोल्न पाउनुपर्ने माग राखेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले बताए । व्यवसायीहरुको मागलाई मध्यनजर गर्दै संघले स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरुसँगको छलफल र समन्वय गरिने जानकारी दिए ।
उनले बजार खोल्ने समय केही हेरफेर गर्ने गरी पहल सुरु गरेको बताए । ‘हामीले बारम्बार स्थानीय सरकासँग समन्वय र छलफल गरिरहेका छौँ’ उनले भने– ‘क्वारेन्टाइनमा बसेकाहरुको अवस्था हेरेर निर्णय हुनेछ ।’
असार मसान्त सकिनै लाग्दा बैंकको किस्ता, घरभाडा र व्यवसाय नवीकरणलगायतका चपेटामा व्यवसायीहरु पर्दै आएको बताए । यसर्थ अबको केही दिनमा निश्चित मापदण्डअनुसार सामाजिक दूरी कायम गरी बजार खोल्ने निर्णय गर्न सकिने बताए ।
यस्तै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले क्वारेन्टाइनमा रहेकाहरुको अवस्था हरेर बजारका विषयमा निर्णय गरिने बताए । क्वारेन्टाइनमा बसेका व्यक्तिमा हुनसक्ने संक्रमण र उनीहरुको अवस्था हरेर मात्र निर्णय लिन सकिने बताए ।
तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँगको छलफलमा पाण्डेले सहज अवस्था भएलगत्तै पूर्णरुपमा बजार खोल्ने बताए । ‘अहिले मध्यान्ह १२ बजेसम्म बजार खुल्दै आएको छ’ उनले भने– ‘सहज परिस्थिति भएपछि मात्रै पूर्णरुपमा बजार खोल्ने निर्णय गरिनेछ ।’
पूर्णरुपमा बजार खोल्नु तत्कालका लागि उपयुक्त नभएको उनले बताए । बजार खोल्दा बाहिरी जिल्लाबाट आउने ब्यक्तिहरुको पहिचान गर्न प्राविधिक रुपमा समस्या हुन बताए ।
उनले जनताको स्वास्थ्यमा संवेदनशील बन्न सबैलाई अनुरोधसमेत गरे । सबैभन्दा पहिले नागरिकको स्वास्थ्य सुरक्षामा ध्यान दिन जरुरी छ’ उनले भने– ‘अबको केही दिनमा वैज्ञानिक निर्णय गरेर व्यवसायीलाई थप सहजता प्रदान गर्नेछौँ ।’
यस्तै तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको अवस्था हेरेर मात्र बजार खोल्न अनुरोध गरेको छ । शाखाले सबै व्यक्तिको कोरोना परिक्षणको रिपोर्ट आइसकेपछि परिस्थिति हेरेर मात्रै बजारको विषयमा निर्णय गर्नुपर्ने बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here