- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयकृषिमा औपचारिकता मात्रै

कृषिमा औपचारिकता मात्रै

- Advertisement -spot_img

कोरोना कहरका बीचमा पनि देशभर सोमबार धान दिवस तामझामका साथ मनाइयो । प्रदेश सरकार, स्थानीय सरकार र केन्द्र सरकारको अगुवाईमा घान दिवस मनाइएको हो ।
राज्यका सबै कृषिसँग जोडिएका निकाय तथा जनप्रतिनिधिहरुले धान दिवसमा विभिन्न रमितासमेत देखाउन भ्याए । एकदिन हिलो नटेक्नेहरुले धान रोपेर दिवस मनाए । धान दिवस मनाउँदै गर्दा कृषि प्रणाली औपचारिक रुपमा मात्रै अघि बढिरहेको होकि भन्न आभास देखियो ।
असार १५ कै नाममा सुटबुटसहित खेतमा पस्नेले कृषि कति प्राथमिकता देलान् त्यो त परको कुरा भयो । कृषिलाई आधुनिकीकरण गर्दै प्राथमिकतामा पार्नुपर्ने भए व्यवहारमा सरकारहरुले पारेको देखिएन ।
केवल दिवसमा देखाइएको औपचारिकता बाहेक अन्य गतिविधि अहिलेसम्म देखिएको छैन । कृषिलाई प्राथमिकता असार १५ मा मात्रै दिइएको छ । धान दिवसको अवसरमा एकदिन खेतमा गएर धान रोप्नेबाहेक उल्लेख्य कार्य कतै देखिएको छैन ।
केही वर्ष यताकै धेरै रोपाई यो वर्ष भएको छ । विगतका वर्षहरुमा सुस्त रहेको धान खेती नियमित वर्ष हुँदा यस वर्ष देशैभरी बढी नै खेती भएको छ । धान रोपे पनि किसानहरुले रासायनिक मल भने पाउन सकेका छैनन् । मलको अभाव झेल्दै किसान खेतमा जानु भनेको सरकारले कृषिमा ध्यान नदिनु र प्राथमिकतामा कृषि नपार्नु हो भन्न सकिन्छ ।
खेती गरिने हजारौ हेक्टर जमिन प्लटिङले बर्सेनी घटाउँदै गएको छ । कृषि आकर्षणको पेशा बन्न नसक्दा कृषि प्रणालीलाई अबलम्बन नगर्ने जमात पनि बढ्दै गएको छ । दश वर्ष अगाडी दाङमा जति धान खेतीमा नागरिकहरु सक्रिय थिए त्यो अहिले घटिसकेको छ ।
यद्यपि यो वर्ष भने धान खेती बढ्ने आँकलन भएको छ । बाहिर रहेको युवा जनशक्ति गाउँमा फर्किएर श्रममा जुटेकाले बाँझो खेतहरुमा पनि रोपाई भएको दाबी गरिदै आइएको छ । यो कृषिका लागि सकारात्मक छ । नेपाल कृषिप्रधान देश भनिए पनि त्यसको सार्थकता भेटिदैन ।
न सबै कृषिमा लागेका छन, न त कृषिमा लाग्ने वातावरण नै राज्यले बनाई दिएको छ । यो वातवरण राज्यले बनाउनुपर्छ ।
अबको कृषि युवाहरुको माझमा जानुपर्छ । ५० काटेका मात्रै कृषिमा लाग्ने अवस्थाको राज्यले अन्त्य गराउने योजना ल्याउन सक्नुपर्छ । हिलो खेलेर र धान रोपेको फोटो सार्वजनिक गरेर मात्रै कृषिले प्राथमिकता पाउँदैन । न त कृषि क्रान्ति नै हुन्छ ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले यो विषयमा गम्भीर रुपमा सोचेर नयाँ अवधारणा कृषिमा ल्याउन सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here