- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsअश्वारामा तुलसीपुरको धान महोत्सव

अश्वारामा तुलसीपुरको धान महोत्सव

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १६ असार । कोरोना कहरबीच यहाँका स्थानीय सरकारले असार १५ मनाएका छन् । धान महोत्सवका रूपमा तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर–८ अश्वारा धनुजगनारको फाँटमा रोपाइ गरेको छ ।
जनप्रतिनिधिहरूको सहभागिता नगर कृषि शाखाको समन्वयमा रोपाई गरिएको हो । नगर प्रमुख घनश्याम पाण्डे, उपप्रमुख माया शर्मा, प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरू रोपाईमा सहभागी भएका थिए । असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आइरहेको छ ।
देशकै मुख्य बालीका रूपमा रहेको धानलाई प्राथमिकता दिएर सरकारले यो दिवस मनाउन थालेको छ । नेपालीहरू यो दिनलाई मानो रोपेर मुरी उमार्ने दिनका रूपमा पनि मनाउने गरेका छन् । तुलसीपुर उपमहानगरपालिका कृषि शाखाले धान दिवसका अवसरमा गरेको कार्यक्रममा नगरप्रमुख, उपप्रमुखसहित सबै रोपाईको मेलोमा पसेका हुन् ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले तुलसीपुर उपमहानगर–पालिकालाई किसानमैत्री सरकारका रूपमा योजना अगाडी ल्याएको बताए । उनले किसानलाई लक्षित गरेर यो वर्ष बीउबिजन अनुदान दिएको समेत बताए ।
उनले मलको बीउ पनि समयमै उपलब्ध गराएको भन्दै किसानहरूलाई राहत पुगेको कुरामा जोड दिए । धानमा आत्मनिर्भर भएर मात्रै नपुग्ने बताउँदै उनले निर्यातमा पनि ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा वडा अध्यक्ष माधव वलीले रोपाईलाई सबैलै उत्सवका रूपमा मनाउनुपर्ने बताए । वडा नम्वर ८ का वडा अध्यक्ष वेदबहादुर केसीले किसानका लागि स्थानीय सरकारले नयाँ योजना ल्याइरहेको बताए ।
अमृतपुर सहकारी संस्थाका अध्यक्ष टेकराम कँवरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण धर्म वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here