- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरगोरखा अस्पतालमा महिलालाई नाङ्गै बनाएर एक्सरे गरियो

गोरखा अस्पतालमा महिलालाई नाङ्गै बनाएर एक्सरे गरियो

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १६ असार । दाङको चर्चित निजी अस्पताल गोरखा अस्पतालमा महिलालाई नाङ्गै बनाएर एक्सरे गर्ने गरेको खुलेको छ । उपचारका लागि अस्पताल पुगेकी २२ वर्षीय एक महिलालाई नाङ्गै बनाएर एक्सेरे गरेको आरोपमा एकजना स्वास्थ्यकर्मी पक्राउ परेपछि यो रहस्य बाहिर आएको हो ।
गोरखा अस्पतालको एक्सरे विभागमा कार्यरत स्वास्थ्यकर्मी महिलालाई नाङ्गै बनाएर एक्सरे गरेको आरोपमा सोमबार पक्राउ परेका छन् । दाङको घोराही उपमहानगरपालिका–१५ मा रहेको गोरखा हस्पिटलमा छातीको एक्सरे गर्न पुगेकी घोराही–१८
की एक महिलालाई नाङ्गै बनाएको आरोपमा अस्पतालको रेडियोलोजी विभाग काम गर्ने बबई गाउँपालिका ५ का २२ बर्षीय नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको दाङ प्रहरीका प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिए । डाँगीलाई सोमबार बिहान पक्राउ गरिएको हो ।
उनका अनुसार महिलाका श्रीमानले ती स्वास्थ्यकर्मीले आफ्नी श्रीमतीलाई छातीको एक्सरे गर्दा नाङ्गै बनाएको भन्दै उजुरी दिएका थिए । उजुरीमा छातीको एक्सरे गर्दा छातीको भागका कपडाका साथै कम्मर मुनीसमेत कपडा खोल्न लगाएर नाङ्गै बनाएको उजुरीमा आरोप लगाइएको खड्काले बताए ।
आइतबार अस्पतालमा छातीको एक्सरे गर्न आएकी एक महिलालाई डाँगीले पूरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेपछि प्रहरीले प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

डाँगी अवैध स्वास्थ्यकर्मी

महिलालाई नाङ्गै बनाएर एक्सरे गर्ने गोरखा हस्पिटलका स्वास्थ्यकर्मी डाँगी अनुमति प्राप्त नभएका प्राविधिक भएको खुलेको छ । पक्राउ परेका उनी एक्सरे गर्ने अनुमति नै नपाएको व्यक्ति भएको अस्पतालले अनाधिकृत व्यक्तिलाई काममा लगाएको खुलेको हो ।
नेपाल रेडियो ग्राफिक्स सोसाईटीले डाँगी प्राविधिक नभएको बताएको छ । सोसाईटीका जिल्ला कार्यसमिति दाङका सदस्य आयुष पौडेलले पक्राउ परेका डाँगी रेडियोग्राफर नभएको बताए ।
‘पक्राउ परेका व्यक्ति रेडियोग्राफर हैनन्’ पौडेलले भने ‘कसरी हस्पिटलले रेडियो ग्राफि नपढेका अनाधिकृत व्यक्तिलाई एक्सरे गर्ने अनुमति दियो ।’
यस्ता व्यक्तिलाई अस्पतालले कामनै लगाउन नहुने हो । उनले अनाधिकृत व्यक्तिले यस्ता काम गर्दा राम्रो काम गर्ने सबै रेडियोग्राफरको समेत बदनाम भएको गुनासो गरे । जिल्लामा केही अन्य हस्पिटलहरूले पनि यसरी अधिकार नै नपाएका व्यक्तिलाई काममा लगाउँदै आएकोसमेत खुलाए ।
गोरखा हस्पिटल प्रालिका रेडियोग्राफर नरेश धिताल पनि पौडेलको भनाइमा सहमत छन् । ‘ऊ रेडियोग्राफर हैन, मेरो व्यक्तिगत असिस्टेन्ट मात्रै हो’ धितालले भने ‘मैले मेसिन अन गरेर आइज मात्रै भनेको हुँ, तर उसले एक्सरे नै गरेछ ।’ उनले मेसिन तात्न आधा घन्टा लाग्ने भएको हुँदा डाँगीलाई मेसिन अन गरेर आउन मात्रै भनेको दाबी गरे ।
‘मेसिन अन गरेर उसले ती महिलालाई कपडा खोलेर बस्न भनी एक्सरेको क्यासेट लिन गएछ’ धितालले थपे ‘महिला सबै कपडा खोलेर बस्नुभएको रहेछ र उसले गएर एक्सरे गरेर आएछ ।’ धितालले डाँगीलाई एक्सरे गर्न अधिकार नभएपनि आफूसँग संगत गरेर एक्सरे गर्न जान्ने भएको बताए ।
‘उसले एक्सरे त राम्रो गर्छ’ धितालले भने ‘ती महिलालाई सबै कपडा खोल्न लगाउनु गल्ती हो ।’ सम्बन्धित पक्षले मुद्दा गर्दा आफ्नै बेइज्जत हुन्छ भनेर मिल्ने प्रयास गरेको भएपनि पछिल्लो समय प्रहरीले मुद्दा दिनका लागि दवाव सिर्जना गरेको भन्ने जानकारी पाएको धितालले बताए  । खराब नियतले नभई भुलवस गल्ती भएको हुँदा यसमा मुद्दा मामिला गर्नु उचित नहुने उनको तर्क गरे ।

नैतिकताविरूद्धको मुद्दा

नाङ्गै बनाएर महिलालाई एक्सरे गर्ने विरूद्ध नैतिकताविरूद्धको कसुरमा मुुद्दा दर्ता भएको छ । गोर्खा हस्पिटल प्रालिमा एक महिलाको छातीको एक्सरे गर्ने क्रममा सबै कपडा खोल्न लगाएको अभियोगमा नवराज डाँगीलाई प्रहरीले नियन्त्रणमा लिई नैतिकताविरूद्ध मुद्दा दर्ता गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङले जिल्ला प्रशासन कार्यालयमा नैतिकता विरूद्धको कसुरमा मुद्दा दर्ता गराएको प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । साथै प्रहरीले १५ दिनको अनुसन्धान म्याद पाएको समेत उनले जानकारी दिए ।्

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here