- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरनेपालका कोरोना संक्रमितमा औषधि परीक्षण

नेपालका कोरोना संक्रमितमा औषधि परीक्षण

- Advertisement -spot_img

नेपालमा कोरोना संक्रमितलाई विभिन्न प्रकारका औषधि परीक्षण सुरू हुने भएको छ । विश्व स्वास्थ्य संगठन तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा कोभिड अस्पतालमा रहेका संक्रमितमा परीक्षण गर्ने तयारी भएको हो । कोरोनाभाइरसको हालसम्म कुनै प्रामाणिक उपचार वा खोप हालसम्म बनेको छैन ।
भाइरसविरूद्ध परीक्षण भइरहेका अधिकांश औषधिहरू चलनचल्तीका रहेका छन् । त्यसै, अनुरूप नेपालमा विभिन्न रोग विरूद्धको औषधीले कोरोनाका संक्रमितमा कति प्रभावकारी देखाउँछ भन्ने उद्देश्यका साथ अनुसन्धान गर्न लागिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख मेघनाथ धितालले जानकारी दिए ।
उनका अनुसार संगठनले स्वीकृत दिएका औषधिको प्रयोग गर्न लागिएको हो । जसमा इबोला रोगविरूद्ध प्रयोग हुने रेम्डेसिभिर, एचआइभी एड्समा प्रयोग हुने लोपिनावीर र रीटोनावीर, डेक्सामेथासोनजस्ता औषधिको परीक्षण गर्न लागिएको हो ।
‘करिब १५ कोभिड अस्पतालका ८ सय हाराहारीका संक्रमितमा परीक्षण गर्न लागिएको हो, डा. धितालले भने, ‘विशुद्ध कोरोनाका औषधि होइन । अन्य रोगका औषधिले कोरोनका संक्रमितमा कस्तो प्रतिक्रिया दिन्छ भनेर प्रयोग गर्न लागिएको हो ।’
स्वास्थ्य संगठनको समवव्यमा विश्वका १ सयभन्दा बढी देशले परीक्षण गरिसकेका छन् । यि औषधिले केही हदसम्म संक्रमतिको स्वास्थ्यमा सुधार ल्याएका छन् । सबै प्रक्रिया पूरा भएको र केही दिन भित्रैमा परीक्षण गर्न सुरू गर्न लागिएको उनले जानकारी दिए ।
‘संक्रमितको स्वीकृत अनुसार परीक्षण गर्छौ, उनले भने, ‘यसको लागि टिम गठनको काम भइरहेको छ ।’ नेपालमा कोभिड का बिरामीलाई यि औषधि प्रयोगको सम्भावना रहेको छ ?

यसले के–के काम गर्छ ?

विभिन्न देशमा गरेको अध्ययन अनुसन्धानमा रेम्डेसिभिरको प्रयोगले सिकिस्त भएका संक्रमितमा केही सुधार आएको पाइएको छ । यो औषधिको प्रयोगले केहि हदसम्म राम्रो गर्ने अस्पतालको भर्ना दर घटाउने वा रिकभरी चाडैँ हुने देखिएको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका सरूवा रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् ।
विभिन्न अनुसन्धानमा लोपिनावीर र रिटोनावीरले पनि केही हदसम्म निको भएको पाइएको उनको भनाई छ । त्यसैगरी, डेक्सामेथासोन स्टेरोइड पछिल्लो समय, चीन, युएसजस्ता देशहरूले प्रयोग गर्दै आएका छन् ।
शरीरले कोरोनाभाइरस लड्ने क्रममा उक्त संक्रमणले जलन उत्पन्न गराउँछ । तर, कहिलेकाहीँ प्रतिरक्षा प्रणाली अत्याधिक सक्रिय भइदिन्छ र यो प्रतिक्रिया घातक सिद्ध हुन सक्छ ।
संक्रमणसँग जुझ्न बनेका प्रतिरक्षा नै शरीरका कोषलाई आक्रमण गरिदिन्छ ।
डेक्सामेथासोनले यसको प्रभावलाई न्यूनीकरण गने देखिएको छ । डेक्सामेथासोन निमोनिया सुरू भएर अक्सिजन तथा भेन्टिलेटर चाहिने मानिसलाई उपयुक्त हुन्छ ।
‘डेक्समिथासुल जसले विशेष गरेर अक्सिजन कम भएका संक्रमितलाई दिदा सिविभर नभएको पाइएको छ’ उनले भने, ‘यी सबै औषधि अनुसन्धानकै क्रममा रहेका छन् । खाएपछि निको भइहाल्ने तथा ठीक भइहाल्ने पुष्टि भएको छैन ।’
क्रिटिकल बिरामीको अवस्था हेरेर यी औषधि चलाउनको लागि संठगनले स्वीकृत दिएको छ भने, रेगुलर प्रयोगको लागि अनुमति दिएको छैन । ‘अध्ययन–अनुसन्धनकै क्रममा रहेका कारण विस्तारै नतिजा आउँला’ उनले भने ।
– हेल्थपोष्ट नेपालबाट

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here