- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरसवारी दुर्घटनामा परी घाइते

सवारी दुर्घटनामा परी घाइते

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १६ असार । दाङमा छुट्टाछुट्टै सवारी र्दुघटनामा परी छजना घाइते भएका छन् । सवारी दुर्घटनामा परी तुलसीपुरका दुईजना र शान्तिनगर गाउँपालिकाका चारजना व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।
सोमबार तुलसीपुरमा मोटरसाईकल र अटो एकआपसमा ठोक्किदा दुई व्यक्ति घाइते भएका छन् । तुलसीपुरको सल्यानरोड अन्तर्गत गोदाम घर नजिक तुलसीपुरबाट रक्षाचौरतर्फ जाँदै गरेको म १ प ४२९० नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको रा १ ह ४१९० नम्बरको अटो एकआपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नं ५ नामीनगर निवासी २१ वर्षीय सुरेश भुसाल र सोही ठाउँ बस्ने वर्ष ३५ हिरा सेन रहेका छन् ।
घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अस्पतालले जनाएको छ । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै बवई गाउँपालिकामा अटो पल्टिदा अटोमा सवार चारजना घाइते भएका छन् । हापुरेबाट खिलतपुर जाँदै गरेको रा १ ह २३८० नम्वरको अटो अनियन्त्रित भई पल्टिदा अटोमा सवार शान्तिनगर गाउँपालिका वडा नं १ निवासी ३० वर्षीय विष्णु ठाडा मगर, सोही ठाउँ निवासी ३१ वर्षीय कली ठाडा मगर,
४० वर्षीय मिना ठाडा मगर र ४० वर्षीय धनी ठाडा मगर घाइते भएका छन् । घाइतेमध्ये ३१ वर्षी कली ठाडाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here