- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरजिल्ला बालअधिकार समिति गठन

जिल्ला बालअधिकार समिति गठन

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १३ असार । जिल्लामा बालअधिकार समिति गठन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा जिल्ला बालअधिकार समिति गठन भएको हो ।
समितिको सदस्यहरूमा प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायधिवक्ता, जिल्ला प्रहरी प्रमुख, घोराही उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख र जिल्ला बाल न्याय समितिका प्रतिनिधि छन् ।
यसैबीच समितिको शुक्रबार बसेको बैठकले विभिन्न क्षेत्रबाट जयनारायण पुन, निर्मल नेपाली, डा माधव गोहित, कमला थापा, बालबालिकाबाट आरजु बस्नेत र सन्तोष न्यौपानेलाई सदस्यमा मनोनितसमेत गरेको छ । बैठकले बालअधिकारसम्बन्धी कार्ययोजना पास गरेको छ ।
बैठकले चालु आवमा विभिन्न कारणले हिंसा तथा विपत्तमा परेका बालबालिकाको उद्धार, उपचार र पुनस्र्थापना गर्ने निर्णय गरेको छ । त्यसैगरेर बैठकले बालबालिकाको हकअधिकार स्थापितको लागि प्रचारप्रसारका कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ । बै
ठक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here