- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरदलित परिवारलाई ग्यास चुल्हो

दलित परिवारलाई ग्यास चुल्हो

- Advertisement -spot_img

प्रदेश टुडे
दंगीशरण, १६ असार । दंगीशरण गाउँपालिकामा विपन्न दलित परिवारलाई ग्यास चुल्हो वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ५ ले वडामा रहेका अति विपन्न दलित घरपरिवारलाई ग्यास वितरण गरेको हो ।
वडाले अहिलेसम्म ग्यासको पहुँच नभएकाहरूलाई ७५ प्रतिशत अनुदानमा ग्यास चुल्हो वितरण गरेको वडा नं ५ का वडा अध्यक्ष दिपक गौतमले जानकारी दिए । आर्थिक बर्ष ०७६/७७ को कार्यक्रम अनुसार ७५ प्रतिशत अनुदानमा ग्यास चुलो वितरण गरिएको उनले बताए ।
सबै दलित घरपरिवारलाई ग्यास चुल्हो वितरण गर्ने लक्ष्य रहेको भएपनि अहिलेसम्म ग्यास चुल्हो प्रयोग गर्न नसकेका ११ घर परिवारलाई मात्र वितरण गरिएको उनले बताए ।
‘हामीले सबैलाई दिने भनेकै थियौं’ उनले भने– ‘तर धेरैजनाको घरमा ग्याँस प्रयोग भएको देखियो यसर्थ ११ जनालाई मात्र ग्यासँ सेट प्रदान गरेका हौं ।’
विपन्न घरपरिवारलाई प्राथमिकतामा राख्दै वडाले उनीहरूको माग र आवश्यकता अनुसार विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए । उनले आगामी वर्षमा पनि यसरी नै वडामा रहेका कृषक,
दलित तथा गैरदलित परिवारहरूका लागि उनीहरूको माग अनुसारका कार्यक्रमहरू सञ्चालन गरिने बताए । कार्यक्रमको सहजकीरण वडा सचिव प्रेमप्रकाश चौधरीले गरेका गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here