- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsदाङमा दुई सैनिकसहित सोमबार ५८ जनामा कोरोना

दाङमा दुई सैनिकसहित सोमबार ५८ जनामा कोरोना

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १६ असार । दाङमा सोमबार थप ५८ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परिक्षणमा दुईजना नेपाली सेनासहित ५८ जनामा कोरोना पुष्टि भएको हो । सोमबारको रिपोर्टसँगै जिल्लाका दशैवटा पालिकामा कोरोना संक्रमण देखिएको छ ।
दंगीशरण गाउँपालिकामा सोमबार दुईजनामा कोरोना पुष्टि भएपछि सबै पालिकाको कोरोना संक्रमण पुगेको हो ।
सोमबार घोराही उपमहानगरपालिकाका विभिन्न वडाका ७ जना, गढवा गाउँपालिकाका २२ जना, तुलसीपुर उपमहानगरपालिकाका ८ जना, शान्तिनगर गाउँपालिकाका २ जना, राप्ती गाउँपालिकाका ५ जना, बबई गाउँपालिकाका १० जनामा कोरोना पुष्टि भएको छ ।
यो सँगै दाङमा ५ सय ५७ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला आपत्कालिन कार्यसञ्चालन केन्द्रले जिल्लामा नेपाली सेनासहित ५ सय ५७ जनामा कोरोना संक्रमण भएको बताएको छ ।

अछुतो रहेन दंगीशरण

दंगीशरण गाउँपालिकामा दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पालिकाका दुईजनामा संक्रमण भेटिएको पुष्टि भएको हो । दंगीशरण गाउँपालिका वडा न ५ र ६ का दुईजना महिलाहरूमा कोरोना संक्रमण भेटिएको दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकारी दिए ।
उनीहरू भारतबाट आएको खुलेको छ । उनीहरूलाई दंगीशरण गाउँपालिका विरेन्द्र माविको क्वारेन्टाइनमा राखिएको थियो । असार ५ गते गाउँपालिकाको दुई क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाव परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा दुईजनाको रिपोर्ट पोजेटिभ आएको गिरीले बताए ।
उनीहरूलाई कोरोना विशेष अस्पताल बेलझुण्डी पठाइएको छ । दंगीशरणको दुई क्वारेन्टाइनमा गरी अहिले ९२ जना रहेका छन् ।


दार्माका वडा शिल

प्रकाश शर्मा
दार्मा (सल्यान), १६ असार । दार्मा गाउँपालिकाले वडा शिल गरेको छ । सोमबारदेखि सबै वडा शिल गरेर सबै कामकाज बन्द गरिएको हो । गाउँपालिकाका केही कर्मचारीहरूको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै गाउँपालिकाले सबै वडाका नियमित काम स्थगित गरेको गाउँपालिकाले जनाएको छ ।
असार ८ गते संकलन गरिएको स्वावको रिपोर्टमा केही कर्मचारीहरको समेत रिपोर्ट पोजेटिभ आएकाले सामाजिक सुरक्षाभत्ता वितरण लगायतका सबै वडाका नियमित कामकाज स्थगित गरिएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए । साथै सोमबार तय गरिएको गाउँसभाको छलफल पनि स्थगित गरिएको छ ।
पिसिआर रिपोर्ट नआउँदासम्म सबै नियमित कामकाज बन्द गरिएको र नाकाहरूमा थप कडाई गरिएको केसीले बताए । मंगलबार गाउँपालिकामा कार्यरत कर्मचारी, छानिएका स्वयम्सेवक, क्वारेन्टाइनमा रहेका व्यक्ति,
कन्ट्याक्ट ट्रेसिङमा देखिएका व्यक्ति र सबै जनप्रतिनिधिहरूको पिसीआरका लागि स्वाव संकलन गरिने उनको बताए । उनले सबै जनसमुदायलाई उच्च सतर्कता र उच्च मनोबलका साथ सामाजिक र शारीरिक दूरी कायम गरी नियमित कामकाज गर्न आग्रहसमेत गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here