Wednesday, April 17, 2024
Homebreaking-newsप्रतापकोट ‘टिमुर जोन’

प्रतापकोट ‘टिमुर जोन’

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १५ असार । तुलसीपुर उपमहानगरपालिका वडा नं ३ उपमहानगरको विकट गाउँ प्रतापकोट अब टिमुर जोनको रूपमा विकास हुने भएको छ । स्थानीयहरूको आयस्तर बढाउन र दुर्गमका बस्तीहरूलाई टिमुर खेतीसँग जोड्ने गरी टिमुर जोनको रूपमा विकास गर्न लागिएको हो ।
वृक्षारोपण दिवसको अवसरमा त्यो क्षेत्रलाई टिमुर पकेट क्षेत्र बनाउने गरी विरूवा रोप्न सुरू भइसकेको छ । जिल्लामा नै एक लाख टिमुरका विरूवा रोप्ने लक्ष्य अनुसार आइतबार प्रतापकोटमा दुई हजार टिमुरका विरूवा रोपिएको छ ।
नीजि वनको विकास गर्ने गरी यो अभियान अघि सारिएको हो । टिमुर पकेट क्षेत्रको रूपमा विकास गर्ने प्रतापकोटमा रहेको माध्यमिक विद्यालय प्रतापकोटको खाली दुई विगाह जग्गामा टिमुर रोपिएको छ भने ।
समुदायका सबै घरका पहिलो चरणमा दुई हजार बराबर विरूपा रोप्ने तयारी गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको वडा नं १, ३, ४ र १९ लाई टिमुर खेतीको राम्रो सम्भावना भएकाले यो क्षेत्रलाई टिमुर पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।
तुलसीपुरका पहाडी क्षेत्रहरूलाई टिमुरको पकेट क्षेत्रका रूपमा विकास गरिने नगरप्रमुख घनश्याम पाण्डेले बताए । टिमुरका लागि पहाडी र चिसो क्षेत्रको मौसम उपयुक्त भएको हँुदा त्यो क्षेत्रलाई कृषिको विकाससँगै टिमुरको हव बनाउन लागिएको नगरप्रमुख पाण्डेले बताए ।
व्यवसायीक दृष्टिले पनि मनग्ये आम्दानी हुने भएकाले टिमुर खेतीलाई प्राथमिकतामा राखेर पहाडी क्षेत्रमा महत्व बुझाउन थालिएको उनले बताए ।
उनले टिमुर उत्पादनका लागि पहिलो चरणमा तुलसीपुरको प्रतापकोट र छिल्लीकोटलाई प्राथमिकतामा राखिएको बताए । नगरप्रमुख पाण्डेले पहाडलाई ‘कोरोनाका कारण हलो र थलो खोजेर आउनेहरूलाई हामीले अवसर सिर्जना गर्नुपर्दछ भनेर यस्ता क्रियाकलापहरूलाई अगाडी बढाइएको बताए ।
सामान्य अवस्थामा पनि एउटा टिमुरको बोटबाट ‘राम्रोसँग उत्पादन भयो भने वर्षमा तीन हजारसम्म कमाउन सकिने डिभिजन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले बताए ।
वन कार्यालय डिभिजन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले तुलसीपुरको पहाड टिमुर खेतीका लागि अत्यन्त उपयोगी भएको बताए । उनले व्यवसायीक ढंगले खेती गर्न सकेको खण्डमा सानो ठाउँमा पनि धेरै आम्दानी गर्न सकिने बताए । ‘सुरूमा धेरै हेरचाह गर्नुपर्ने हुन्छ विस्तारै यसले आम्दानी बढाउने गर्दछ’ प्रमुख ज्ञवालीले भने ।
उनले यो वर्ष मात्रै जिल्ला वन कार्यालयले एक लाख टिमुरका विरूवा रोप्ने तयारी गरेको जानकारी दिए । ‘हामीले एक लाख टिमुरका विरूवा रोप्ने तयारी गरेका छौं’ उनले भने, ‘सुरूवात प्रतापकोटबाट भएको छ ।’
ज्ञवालीले नेपालमै एकै वर्षमा एक लाख टिमुरको विरूवा उत्पादन गरेर रोप्न थालेको दाङ मात्रै रहेको बताए । उनले दाङको पहाडी क्षेत्र टिमुर जोन बनाइने बताए ।
यसैबीच वृक्षारोपण दिवसका अवसरमा पारिवारीक निजी वन संघ नेपाल दाङको आयोजना गरेको टिमुर रोपण कार्यक्रममा पारिवारीक निजी वन संघ नेपालमा उपाध्यक्ष मेघराज भुसालले प्रतापकोटलाई टिमुरको हवका रूपमा विकास गर्नका लागि संघले कार्यक्रम ल्याएको बताएका थिए । उनले त्यस क्षेत्रमा १५ हजार टिमुरका बिरूवा लगाउने तयारी गरिएको बताए ।
संघका जिल्ला अध्यक्ष पदम केसीले किसानहरूलाई टिमुर खेतीतर्फ आकर्षित गर्नका लागि निःशुल्क वितरण गरिएको जानकारी दिए । कार्यक्रमको सञ्चालन सचिव भिमार्जुन रेग्मीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here