- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsमानो छरेर मुरी फलाउने दिन

मानो छरेर मुरी फलाउने दिन

- Advertisement -spot_img

सपना बोहरा
घोराही, १५ असार । कालो बादलले मडारिएको आकास । खेतमा किसानहरूको लस्कर । खेतका गरा–गरामा हरिया धानको बीउ । खेतका आलीहरू ताछेर धानको बीउ रोप्नको लागि तयार पारिएका बाँझो खेत । यो समयमा खोलानाला र कुलामा बग्ने पानी सोझिएका छन् किसानहरूको खेतमा ।
त्यसमा पनि आज असार १५ गते । यो दिनलाई राष्ट्रिय धान दिवसको रूपमा समेत मनाउने गरिन्छ । ‘धानको उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृिद्ध’ भन्ने नारासहित यो वर्ष धान दिवस मनाउन लागिएको हो । किसानहरूले आजको दिनलाई मानो छरेर मुरी फलाउने दिनको रूपमा लिने गर्छन् । किसानहरूले यो समयमा मानो खाएर वर्षभरी पुग्ने खेतमा धान फलाउने गर्छन् ।
बिहानैदेखि किसानहरू हातमा फरूवा, कोदालो काँधमा हलो र जुवा बोकेर खेतमा धान रोप्नको लागि जान्छन् भने महिलाहरू पनि धानको बीउ काढ्न र रोप्नमै व्यस्त हुन्छन् । किसानहरू पावर टिलर, रोटाभेटर मेसिनहरू अपनाएका छन् भने कति किसानहरू परम्परागत स्थानीय हलोलाई परिमार्जन गरेर उन्नत फलामे हलोहरू अपनाएका छन् ।
धान रोप्नको लागि बाउसे, रोपारा र हलीहरू पनि तयारी अवस्थामा छन् । यो वर्ष मनसुनले पनि समयमै साथ दिएको छ । कृषकहरू पनि उत्साहित देखिन्छन् ।
आजको दिनमा किसानहरू धानको बीउ रोप्दै दही चिउरा खाने, हिलो छ्यापा–छ्याप गरेर एकअर्कामा सद्भाव बाँडेर रमाइलो पनि गर्ने गर्छन् । विगतको वर्षहरूमा झै यो वर्ष भने कुनै औपचारिक कार्यक्रमको आयोजना भने गरिएको छैन् ।
कोभिड–१९ को संक्रमणबाट बच्नको लागि भिडभाड कम गर्ने भएकाले यो वर्ष कुनै औपचारिक कार्यक्रम नगर्ने कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । विगतका वर्ष कार्यालय प्रमुखसहित अन्य कर्मचारीहरू, किसानहरूको खेतमा गएर किसानहरूसँग धान रोपेर धान दिवस मनाउने गर्थे ।
भिडभाड हुने भएकाले कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले बताए । कार्यालय प्रमुख धितालका अनुसार दाङमा ४० प्रतिशत धान रोपाई भएको छ ।
यस वर्ष कार्यालयले ४१ हजार ५ सय हेक्टर क्षेत्र फलमा धान खेती गर्ने लक्ष्य लिएको छ । दाङको ३८ हजार हेक्टर क्षेत्र फलमा धान खेतीको रूपमा पकेट क्षेत्र समेत छुट्याएको छ । देउखुरी, सौडियार, धर्ना, फूलबारी, तुलसीपुर, मानपुर, बिजौरी, धनौरी, बेला, रामपुर, त्रिपुर, शान्तिनगर, बाघमारे, हेकुली र लालमटियालाई धान खेतीको लागि पकेट क्षेत्रसमेत छुट्याइएको छ ।
पछिल्लो समयमा कृषि क्षेत्रमा पनि यहाँका किसनहरूले निकै फड्को मारिसकेका छन् । हिजोआज कृषकहरूमा पहिलेको जस्तो ढिलो पाक्ने, धेरै पानी लाग्ने धानको बीउहरू लगाउन छोडिसकेका छन् भने खेत जोत्नको लागि विभिन्न यान्त्रिकरणहरू पनि प्रयोग गर्न थालिसकेका छन् ।
किसानहरू उन्नत जातको धानको बीउतर्फ आकर्षित भएका छन् भने परम्परागत निर्वाहमुखी परिवारीक खेती प्रणालीबाट रूपान्तरणका लागि कृषि उत्पादन सामग्रीहरू गुणस्तरीय बीउ, जैविक तथा रासायनिक मल, प्रविधि, सिंचाई, कृषि यान्त्रिकरण, जैविक तथा रासायनिक विषादीतर्फ किसनाहरू आकर्षित भएका छन् ।
त्यसप्रति किसानहरूको माग पनि बढ्दो क्रममा छ । कृषि ज्ञान केन्द्रका प्रमुख धितालका अनुसार सुख्खा धान एक, दुई, तीन, मसिनो रामधान, सावा मन्सुली सब–१ को उन्नत जातको धानको बीउतर्फ किसानहरू आकर्षित छन् ।
त्यस्तै पुरानो धानको बीउतर्फ विन्देश्वरी धान पनि लगाउने गरेको उनले बताए । ‘पानीले साथ दिएको छ’ उनले भने असार मसान्त वा साउनको पहिलो हप्तासम्म धान रोपी सकिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here