- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsक्वारेनटाइनमा काउन्सिलिङ

क्वारेनटाइनमा काउन्सिलिङ

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १५ असार । क्वारेन्टाइनमा बसेकाहरुको आत्मबल बढाउन दाङमा ग्रुप काउन्सेलिङ सुरु गरिएको छ । लामो समयदेखि क्वारेन्टाइनमा बस्दा मानसिक समस्या हुनसक्ने भन्दै जिल्लाका विभिन्न क्वारेन्टाइनमा अडियोमार्फत काउन्सेलिङ गर्न सुरु गरिएको छ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले अडियो माध्यमबाट क्वारेन्टाइनहरुमा बसेकाहरुका लागि नाटकीय शैलीमा संवाद प्रस्तुत गर्दै परामर्श दिन सुरु गरेको छ  ।
भारतलगायत अन्य मुलुकबाट आएर लामो समयदेखि क्वारेन्टाइनमा रहदा मानसिक समस्या, नकारात्मक सोंचको विकास हुन सक्ने भएकाले नाटकको माध्यमबाट ग्रुप काउन्सिलिङ गर्न सुरु गरिएको केन्द्रले जानकारी लिएको छ ।
‘महिला शान्ति र सुरक्षा’ कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानहरुमा रहेका क्वारेन्टाइनमा नाटकीय शैलीमा ग्रुप काउन्सिलिङ गरिरहेको कार्यक्रमका फोकलपर्सन शीवा योगीले जानकारी दिइन् ।
क्वारेन्टाइनहरुको अवस्था, क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले भोग्नुपरेको समस्या, उनीहरुले पाएको सुविधा, लामो समयसम्म क्वारेन्टाइनमा बस्नुपर्दाको मानसिक असरलाई समेटेर नाटक तयार पारिएको छ । ‘क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा परेको मानसिक असरका बारेमा नाटकीय संवाद तयार पारेका छौँ’
उनले भनिन्– ‘उक्त मानसिक समस्यालाई कम गर्नका लागि अपनाउनुपर्ने उपायहरु पनि नाटकमा समेटेका छौँ ।’ कोरोनाका कारण कमजोर भएको आत्मबल बढाउनका लागि नाटककले सहयोग पुगेको उनले बताईन् ।
घोराही उपमहानगरपालिकाका तीनवटा क्वारेन्टाइन, तुलसीपुर उपमहनागरपालिकाका दुईवटा, बंगलाचुली गाउँपालिकाको एक र एक आईसोलेसनमा गरी सात स्थानमा नाटक प्रसारण गरिएको छ । मानसिक असर परेमा अपनाउन सक्ने उपायसहितको नाटकले ग्रुप काउन्सिलिङको काम गरेको योगीले बताईन् ।
काउन्सिलिङको आवश्यक भएमा नेपाल महिला सामुदायिक सेवा केन्द्रले सञ्चालन गरेको टोल फ्रि नम्बर १६६०८२१८००० मा सम्पर्क गर्न सबैलाई अनुरोधसमेत गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here