- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरमास्कविना प्रवेश निषेध

मास्कविना प्रवेश निषेध

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, १५ असार । सल्यानमा मास्कको प्रयोगविना प्रवेश निषेध गरिएको छ । जिल्लाको श्रीनगर बजार क्षेत्रमा मास्कविना प्रवेश निषेध गरिएको हो । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै जानसक्ने भन्दै श्रीनगर बजार क्षेत्रमा मास्कविना प्रवेश निषेध गरिएको हो ।
आइतबारदेखि श्रीनगर बजार व्यवस्थापन समितिले बजारमा आउने कुनैपनि व्यक्तिले अनिवार्य रूपमा माक्स लगाउनुपर्ने निर्णय गरेको छ । बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै समितिले जो कोहीलाई पनि मास्क लगाउन अनुरोध गर्ने र मास्क नभएकाहरूको लागि मास्क उपलब्ध गराउने निर्णय गरेको हो ।
कोरोनाविरूद्ध औषधी बनि नसकेकाले सुरक्षा सावधानीलाई विशेष प्राथमिकतामा राख्नसमेत अनुरोध गरेको छ । बजार व्यवस्थापन समितिका अध्यक्ष हपिस भण्डारीले नियमित स्वास्थ्य सरसफाई र सामाजिक दूरी अनिवार्य रूपमा कायम गर्न सबैलाई आग्रह गरिएको बताए । कोरोना संक्रमण कुनैपनि व्यक्तिलाई हुन सक्ने भन्दै माक्सको प्रयोग, नियमित स्वास्थ्य सरसफाईलाई अभियानका रूपमा लिनुपर्ने उनको भनाई छ ।
बजारक्षेत्र प्रवेश गर्ने व्यक्तिहरूका लागि प्रत्येक दिन यो अभियान सञ्चालन गरी मास्क उपलब्ध गराउने उनले बताए । ‘कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि यो अभियान सुरू गरेका छौँ’ उनले भने ‘मास्क अनिवार्य गराउनका लागि आवश्यक मास्कहरू समितिले आफै खरिद गरी नागरिकहरूलाई उपलब्ध गराउने छ, सबैले यो अभियानमा साथ दिनुस् हाम्रो अनुरोध छ ।’
समितिले माथिल्लो रूकुम चोक, ट्राफिक चोक र बजार क्षेत्रमा प्रवेश गर्ने सबै नागरिकहरूलाई अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गर्नुका साथै आवश्यक मास्क उपलब्ध गराउने अभियान सुरू गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here