- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरघोराही–होलेरी सहिद मार्ग अवरुद्ध

घोराही–होलेरी सहिद मार्ग अवरुद्ध

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १५ असार । सडकमा पहिरो खसेपछि घोराही होलेरी सहिद मार्ग अवरुद्ध भएको छ । घोराही उपमहानगरपालिका–१९ च्यानगैरामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
शनिबार साँझ पहिरो खसेको र पहिरो पन्छाउन आइतबारदेखि सडक डिभिजन कार्यालयको डोजर प्रयोग गरिएको छ । धेरै ठाउँमा ठूला–ठूला पहिरो खसेका कारण अझै एक÷दुई दिन पहिरो पन्छ्याउन समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सडक अवरुद्ध हुँदा दर्जनौ ठूला तथा साना सवारीका साधनहरु रोकिएका छन् ।
रोल्पालगायत, रुकुम, सल्यान र प्यूठान जिल्लाका गाडीसमेत यसै सडक भएर आवतजावत गर्ने गर्दछन् । वर्षायाम शुरु भएसँगै ठाउँ–ठाउँमा पहिरो खस्ने घोराही होलेरी सहिद मार्गमा यात्रा गर्दा जोखिम कायमै छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here